युवाहरूको विदेश मोह र देशप्रतिको नैराश्यता


@सुशील पोखरेल
सोमबारको दिन, बिहान घरबाट १० बजे नै निस्के। मैले सोंचे आज पुरा बिदेशी ढोकाहरूमा पाईलो टेकेर फर्के छु। घरबाट निस्कने शुरुमै परराष्ट्र मन्त्रालय (नारायण हिटी) मा विभिन्न जिल्लाबाट आएका सर्बसाधारणको भिड देख्दा मलाई मनमा एक किसिमको जलन भै रह्यो। निर्दोष, सोझो अबुझ देखिएका ति अनुहारहरूमा रोग, गरिबी, अशिक्षा र भोक प्रस्ट झल्कन्थ्यो। कतिपएको शरीर समेत यो जाडोमा शरिर समेत राम्रोसंग छोपिएको थिएन, कतिपय चप्पल समेत तुना टालेको अवस्थामा लगाएका थिए, कतिपय आफ्ना बच्चा काखमा लिएर लाईनमा बसेका थिए, त्यै सडकको पेटीमा कतिपय चनाचटपटे, बदाम, पानी र भटमास बेच्दै थिए। त्यो देख्दा जो कोहीको मनमा पनि एक किसिमको नरमाइलो लाग्नु स्वभाविक देखिन्थ्यो। जाजरकोटबाट आएका एक जना दाइले पास फोटो (उनकै शब्दमा) बनाउन लाईनमा बसेको ४ घन्टा भयो भन्दै दुःख पोख्दै थिए। पासपोर्ट लामको असर केशर महल, कान्तिपथ, दुग्ध बिकाश संस्थान रहेको भवन, नारायण हिटी पर्खालमा बनाइएका सौचालय, भगवानका तस्बिरहरू राखिएका ठाउासम्म प्रस्ट देखिन्थ्यो। वरपर फोटो कपि पसलहरूमा पसलेलाई पासपोर्ट फारम फोटो कपि गर्न भ्याई न भ्याई थ्यो। उता शिक्षा मन्त्रालय रहेको केशर महलमा विदेश पढन जाने ब्योहोरामा नो अब्जेक्सन लेटर लिन भनि आउने युवा बिद्यार्थीको चाप पनि उलेख्य थियो। त्यहााबाटमा पुतली सडकतिर लागेको थिए, कोचिंग सेन्टरहरूमा जीआरई, टोफल, आईएलटीएस, एमलई तयारी कक्षा भन्दै खोलिएका परामर्शकेन्द्रहरूमा बिद्यार्थीको चाप पनि उत्तिकै थियो। आखिर हाम्रो उमेर समुहका धेरै बिद्यार्थीहरू किन जान्छन त विदेश? पुतली सडकको कोलिन्स इन्स्टिच्युटमा जीआरई तयारी गर्दै गरेका चाबहिलका अनुप अधिकारीले राम्रो बिश्वबिद्यालयमा पढ्न र देशमा जागिर नपाएकोले विदेशमा जान लागेको बताए। भौतिक भौतिक शास्त्रमा स्नातकोत्तर उनलाई विदेशमा पढाई र जागिर राम्रो हुन्छ त भनि सोद्दा यो मैले जोखिम लिएर जान लागेको हु भन्ने प्रतिक्रिया दिए। अस्ट्रेलिया, सिंगापुर, बेलायत र खाडी मुलुक जान थालेको चलनले गर्दा गाउा घर आजकल सुन्य छन्, गाउामा बुढाबुडी मात्र प्राय घरमा हुन्छन्। युवा उपस्थिति छैन, कसैको बिहेमा जन्ती जान र कोहि मर्यो भने मलामी पाउन मुस्किल पर्छ। स्थानीय चुनाब हुने बेला वडाअध्यक्ष भेट्न मुस्किल पर्छ। फेरी विदेशबाट फर्के पछि प्राय; को उद्देस्य सहर र बजारमा घर /घडेरी जोड्नु हुने रहेछ। खाडी मुलुकमा जाने दाजुभाइले गर्दा देशको अर्थतन्त्र/रेमिट्यान्स भित्रन्छ, त्यसैले धानेको छ, त्यो राम्रो हो, तर विदेश मा गरिने दुःख यही गर्ने हो भने यही पनि राम्रो हुन्थ्यो कि? मलाई मनमा लागी रहेथ्यो। त्यस त्यसपछि म साथी बिनोदसाग युएसईएफ (USEF) ज्ञानेश्वरतर्फ लागें। त्यहा पनि परामर्श लिनेहरूको अत्याधिक भिड थियो। छात्रवृत्ति, अमेरिकन भिसा र बिश्वबिद्यालयको बारेमा जानकारी लिन जिन्स पाईन्ट, टी–शट कन्भर्सशुट लगाएका भर्खर जुागाको रेखी बसेका किशोर/किशोरहरूको बाहुल्यता बाक्लो थियो। कोरियन, जर्मनी र युरोपियन बिश्वबिद्यलय पढन/काम गर्न पठाउने भनि खोलिएका परामर्शकेन्द्रहरू होउन या अन्य चोर बाटोहरू नेपालीहरू ती सबैमा पैसा तिर्न र आफुलाई स्वदेश भन्दा विदेश गए भनेर गफ दिनु मै गर्व ठान्छन। बुझ्दा धेरै बिदेशिनेहरूको चाहना नै डलर कमाउने नै हुने रहेछ। एदाकदा बाहेक प्रायःले कलेज समयमा पनि काम गर्न संयुक्त राज्य अमेरिकास्थित बाल्टिमोरमा बायोकेमिस्ट्रिमा स्नातकोत्तर पढ्दै गरेका एक मित्र संयम शर्माले फेशबुक मार्फत बताएका थिए। देशमा रहेका कलेजहरूमा अत्याधिक राजनीति हुनु, पाठ्यक्रम परिमार्जित नहुनु, समयमा शैक्षिक क्यालेन्डर अनुसार परिक्षा /नतिजा नआउनु जस्ता कारणले युवा बिदेसिदा रहेछन्, फेरी खाडी मुलुकमा युवाहरू बिदेशिने कारण रहर नभई बाध्यता रहेछ। देशमै पनि राम्रा बिश्वबिद्यालयलाई लिंक गरेर यही पनि राम्रो शैक्षिक थलो बनाउन सकिन्छ। हाम्रो छिमेकी देश भारतमा हालमात्रै पनि क्याम्ब्रिज, एमआईटी लगाएतका प्रमुख शैक्षिक संस्थाले शाखा खोल्न लागेको समाचार आएको थियो, हाम्रो देशमा पनि त्यस्ता बिश्व बिद्यालयसंग सम्झौता मिलाउन सके राम्रो हुन्थ्यो। भर्खरै थाईल्याण्डको ए आईटीले काठमाडौामा शाखा खोल्दै छ भन्ने संचारमाध्यममा आएको थियो। यस्ता खबरहरू अझ बढी सुन्न पाए युवाहरू अझ बढी आशावादी हुन्थे कि? सरकारले स्वरोजगारसम्बन्धी ल्याएको कार्यक्रमलाई लागू गर्न सकेको भए खाडी मुलुक जान बाध्य युवाहरू देश मै केहि गर्थे कि? देशका बिश्वबिद्यालयमा नया कोर्ष र समय अनुसार पाठ्यक्रम परिमार्जन गरेर युग सुहाउादो पाठ्यक्रम निर्माण गर्न सकिन्छ, कोर्स र पाठ्यक्रम नयाा नयाा लागु गर्न सके राम्रो हुन्थ्यो। स्नातकसम्म पढाई हुने कलेजहरूमा राजनीति निषेध गरेर देशको शैक्षिक स्तर उकास्न सक्निथ्यो। देश कै बैदेशिक नीति, प्रशासन, कानुन, शैक्षिक क्षेत्र, सूचना प्रविधिमा काम गर्दा इज्जत र सम्मान दुवै राम्रो हुन्छ भन्ने कुरा युवाले बुझ्नु जरुरी छ। विदेशमा अपमानित भएर काम गर्नु भन्दा आ136नै ठाउामा सम्मान र इज्जत, शान बढी हुन्छ भन्ने बुझ्न आवश्यक छ। चीन र युरोपियन देशमा युवाहरूलाई राज्यले उचित सम्मान/तलब दिए पछि ती देशहरूमा अमेरिका अध्ययनपश्चात धेरै युवाहरू स्वदेश फर्केको र बिज्ञान प्रविधिमा ती देशहरूले प्रगति गरेको पाईएको छ। हाम्रो देशमा समेत त्यो लहर भित्राउनु आवश्यक छ। अहिले देश भित्र रहेका मध्यम बर्गीय युवाहरू प्रायः राजनीति सभा, गोस्ठी, सम्मेलनमा नै आ136नो जिबनको महत्वपूर्ण समय (अध्यन गर्ने समय ) मा पार्टीको गोटीको रुपमा आ136नो समय गुजारी रहेका छन्। युवाहरूमा व्यापक नैराश्यता, कुन्ठा छाएको पाइन्छ। देशमै केही गर्छ भन्ने युवाले समेत उचित अबसर, सम्मान पाउादैन। राजनीतिक पार्टीहरूले पढ्ने उमेरका युवाहरूलाई आ136नो गोस्ठी, सभामा सामेल गराएर ब्रेनवाश गरेका छन्, तिनीहरूले पाप गरिरहेका छन्। यस्तो स्थितिमा देशमा भएको शैक्षिक अशान्ति, भद्रगोल, युवा पलाएन आदिलाई रोकी देशलाई युवा ट्रयाकमा ल्याउन नयाा युवा शक्ति बौदिक, लोकतान्त्रिक निस्क्यो भने त्यो आन्दोलनलाई सबै युवाले साथ दिन सक्छन, राजनीतिक पार्टीमा रहेका नेताहरूले समेत त्यो शक्तिलाई स्विकार्न बाध्य हुनेछन्, त्यो शक्ति विदेशका प्रतिष्ठित बिश्वबिद्यालयमा पढेको र देशका बौदिक जमातलाई हस्तान्तरण गर्न सक्ने भयो भने देशको मुहार फेरिन्थ्यो कि? नत्र देशमा त्यस्तो खासै परिवर्तन देखिदैन।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...