झापा दमकका पत्रकार कृष्ण कार्की र बिष्णु पौडेल पुरस्कृत भएका छन् । कार्की दमक पत्रकारिता पुरस्कार र पौडेल उदीयमान पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
![]() |
| पुरस्कार ग्रहण गर्दै पत्रकार कृष्ण कार्की |
आज आयोजित एक कार्यक्रमबीच कार्यक्रममा राष्ट्रपति डाक्टर रामबरण यादवका प्रेस सल्लाहकार एवं प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दहालले उनीहरुलाई नगद तथा कदरपत्रले पुरस्कृत गर्नु भयो ।
कार्की धरानबाट प्रकासित हुने ब्लाष्ट टाइम्स दैनिक र पाथिभरा एफएमका पत्रकार हुन् । यसैगरी पौडेल दमकको पूर्वसन्देश दैनिकसँग आबद्ध छन् ।
कार्कीलाइ १५ हजार राशीको दमक पत्रकारिता पुरस्कार र पौडेललाइ ५ हजार राशीको दमक उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पौडेलले आफूले पाएको पुरस्कार बापतको रकम तीनजना गरीब विद्यार्थीको पर्ढाई खर्चकालागि सहयोग गर्ने बताएका छन् ।
पत्रकार मञ्च दमकको संयोजनमा गत बर्षदेखि पुरस्कार वितरण गर्न शुरु गरिएको हो । अध्यक्ष भूपेन्द्र तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष गणेश पोखरेल, मञ्चका संस्थापक अध्यक्ष गञ्जबहादुर दहाल, दमक जेसिजका अध्यक्ष सुवास भट्टराई, दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले शुभकामना मन्तब्य राखेका थिए । पुरस्कृत कार्की एक दशकदेखि र पौडेल पाँच बर्षदेखि पत्रकारितामा सकृय छन्


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...