हत्या गरि फ्याँकिएको अवस्थामा शव फेला


झापा । फागुन २१
महानीझोडा गाविस ६ को रामचन्दे खोलाको वगरमा लखनपुर गाविस ३ का ३५ बर्षीय सकुल सतारलाई हत्या गरेर वालुवामा गाडेको अवस्थामा शव फेला परेको छ । 
 घट्नाविवरणका अनुसार दुई ससाता अघिदेखि घरबाट एकाएक वेपत्ता भएका सतारको शव आज विहान स्थानियवासीहरुले कुकुरले खाल्डोबाट खास्रेर खँदै गरेको देखेपछि प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले पीडीतको शवको सनाखत गर्ने क्रममा लखनपुरका सतारको भएको पत्ता लगाएको थियो । 
 शवको टाउकोमा गहिरो दुई वटा चोट र मुखमा समेत चोट भएको करिब दुईसाता अघि नै हत्या गरि सानो खाल्डो खनेर खोलाको वालुमा गाडेको र कुकुरले खोस्रेर खाँदै गर्दा स्थानिवासीहरुले आफूलाई खबर गरेपछि घट्नास्थलमा गई अनुसन्धान गरेपछि पीडीतको सनाखत भएको प्रहरी चौकी गौरादहका सई विष्णु खड्काले वताए । 
   शवको आजै मंगलवारे स्वास्थ्य केन्द्रमा पोष्टमार्टम पछि परिवारले दाहसंस्कार गरेका छन् । घट्ना गम्भिर प्रकृतिको भएकोले अनुसन्धान भईरहेको छ ।         
                                                                                   
अर्जुन बस्नेत

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...