शहीद वीरेन राजवंशी प्रति श्रद्धाञ्जली अर्पण


Himal Acharya
शहीद वीरेन राजवंशी स्मृति प्रतिष्ठान ज्यामिरगढीले आज एक श्रद्धाञ्जली सभाको आयोजना गरी झापा आन्दोलनका शहीद स्वर्गीय वीरेन राजवंशी प्रति श्रद्धाञ्जली अर्पण गर्दै अर्धकदको शालिकमा माल्यार्पण गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष पदम गौतमको सभापतित्व तथा युवा संघका केन्द्रीय सदस्य राजु कार्कीको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला कमिटी सदस्य गणेश कटुवाल, शहीद वीरेन राजवंशीका छोरा नेत्र राजवंशी युथ फोर्स झापा अध्यक्ष चन्द्र प्रसाईं, कम्पलाल राजवंशी लगायतले मन्तव्य व्यक्त शहीदको बलिदानको रक्षा गर्नुपर्ने बताउनुभएको थियो ।
राजवंशीको २०२८ सालमा सुरु भएको झापा विद्रोहका क्रममा २०२९ साल फागुन २१ गते नेत्र घिमिरे, रामनाथ दाहाल, नारायण श्रेष्ठ, कृष्ण कुईकेल संगै ईलामको सुखानीमा तत्कालीन राज्यसत्ताले गोली हानी हत्या गरेको थियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...