सिड्नी, अष्ट्रेलिया, फाल्गुन २१ - नेपाल सरकार, गैर आवासीय नेपाली महासंघ र बिभिन्न दातृ निकायहरुको पहलमा नेपालका सम्पूर्ण जिल्लामा बिद्युतीय पुस्तकालय(इ लाईबे्ररी) खोलिने भएको छ । जसको पहिलो चरणको अनुमानित लागत १० मिलियन डलर अर्थात करिब ७५ करोड रुपैयाँ रहेको छ ।
सरकाको राष्ट्रिय योजना आयोगको आईसिटी फर एजुकेशन कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको यो कार्यक्रम सुरु गर्ने बारेमा योजना आयोग, एनआरएन र बिभिन्न दातृ निकायहरुबीच सहमति भइसकेको छ । नेपालका सबै जिल्लाहरुमा बिद्युतीय लाइब्रेरी स्थापना गर्नका लागि विश्वभरी यसै क्षेत्रमा काम गरिरहेका दातृ निकायहरुलाई अनुरोध गरिनेछ । जसमा अमेरिकाको गेट फाउण्डेसन, संयुक्त राष्ट्र संघ लगायतका छन् । त्यसैगरि नेपालमा रहेका काठमाडौं त्रिभुवन र हालै योजना बन्दै गरेको खुल्ला विश्वबिद्यालय लगायतका विश्वविद्यालयहरु समेत यसमा सहयोगी बन्नेछन् ।यही १५ फागुनमा भएको सहमति अनुरुप यस कामलाई तदारुकतासाथ अघि बढाउन योजना र प्राविधिक गरी दुईवटा कार्यकारी समिति समेत गठन गरिएको छ । जसमा योजना तहको कार्य अघि बढाउन अष्ट्रेलियामा कार्यरत वैज्ञानिक डा. राजु अधिकारी र प्राविधिक तहको कार्य अघि बढाउन विश्वका अधिकांश क्षेत्रमा कार्यरत हेल्प नेपाललाई सयोजन गर्ने जिम्मेवारी दिइएको छ । जस अनुसार वैशाख भित्रमा सबै कार्य सम्पन्न गरेर कार्य अघि बढाइनेछ । बिशेष गरेर एनआरएनको पहलमा सुरु गरिएको यो कार्यक्रम पहिलो चरणमा १५ जिल्लामा लागू गरिनेछ । कार्यक्रम सुरु गर्नका लागि पहिलो चरणमा सरकारले नै रकम विनियोजन गरेर खर्च गर्नुपर्ने र त्यसपछि अन्य दातृ निकायहरुसँग सहयोगका लागि आग्रह गरिनेछ ।
यसअघि नै नेपालमा हेल्प नेपालले बिभिन्न २२ वटा बिद्यालयमा इ लाइबे्ररी स्थापना गरिसकेको छ । यसले प्रभावकारी काम गरेपछि यो कामको थालनी गरिएको हो । योजना बनाउने जिम्मा पाएका डा. राजु अधिकारीका अनुसार यो कार्यक्रम नेपालका सबै जिल्लामा लागू गरिनेछ । पहिलो चरणको कार्यक्रम १५ जिल्लाबाट सुरु गरिने र अन्य जिल्लाहरुमा पनि तत्कालै लाग गरिनेछ । अधिकारीका अनुसार प्रत्येक जिल्लाका बिद्यालयहरुमा कम्युटर राखिनेछ । कार्यक्रम सुरु भएपछि यसको बिस्तारका लागि सरकारको तर्फबाट दातृ संस्थाहरुसँग प्रस्ताव पेश गरिने र त्यसकै आधारमा सहयोग जुटाईनेछ ।
एनआरएनको सहयोगमा सरु हुन लागेको यो कार्यक्रम नै सबैभन्दा ठूलो भएको सम्बन्धित व्यक्तिहरुले बताएका छन् । कार्यक्रम सफल बनाउनका लागि तदारुकताका साथ लागिपरेको एनआरएन अष्ट्रेलियाका अध्यक्ष धु्रव सुवेदीले बताए । २१औं शताब्दी अनुरुप नेपाली बिद्यार्थीहरुलाई पनि सुचना र सञ्चार मार्फत विश्वसामु चिनाउने उद्देश्यले कार्यक्रमको सुरु गरिएको हो ।
@ ekantipur

एक दाम राम्रो खबर !
ReplyDelete