सरसफाईमा जुटे युवा


काँकडभिट्टा २२ फाल्गनु । काँकडभिट्टा क्षेत्र आसपासमा बढ्दै गएको फोहोर मैला निराकरण गर्न र स्थानीयबासीलाई फोहोर मैला विरुद्ध जनचेतना जगाउनका लागि आज १ दिने सरसरफाई अभियान मेचीनगर १० काँकडभिट्टामा सम्पन्न भएको छ । 
युथ एक्सन नेपाल र संघीय लिम्वूवान राज्य परिषदको संयुक्त आयोजनामा ‘मेचीनगर सुन्दर सफा र स्वच्छ राखौं, पर्यटन वर्ष २०११ लाई सफल पारौं’ भन्ने मूल नाराका साथ काँकडभिट्टाको बसपार्क क्षेत्रहुँदै मेची किनारासम्मको क्षेत्र सरसफाई गरिएको हो । सो सरसफाई कार्यक्रम स्वतस्फूर्त रुपमा स्थानियवासी, सशस्त्र प्रहरी, सवारी मजदुरहरु सहभागी भएका थिए । 
करिव ६० जना जति सहभागिले वरीपरि भएका फोहोर बटुलेर ट्रयाक्टर राख्दै सरसफाई कार्यक्रम सफल पारेका हुन् । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...