ध्रुव सुवेदी
भोजपुर/ प्रस्तावित मध्यपहाडी लोकमार्ग निर्माणमा कार्यरत् कर्मचारी अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका माओवादी कार्यकर्ताले हिरासतबाटै ज्यान मार्ने धम्की दिएका छन् । माओवादी कार्यकर्ताले ठेकेदार कम्पनी कुन्सालिङ कन्स्ट्रक्सनका सञ्चालक र कर्मचारीलाई धम्की दिएका हुन् ।
लोकमार्ग निर्माणको काम आफूलाई पनि दिनुपर्ने माओवादी कार्यकर्ताले माग गरेपछि विवाद बढेको थियो । त्यस क्रममा ठेकेदारले ‘पैसामा बिक्ने चरित्रहीन माओवादीलाई पैसाले किन्ने’ अभिव्यक्ति दिएपछि माओवादी कार्यकर्ताले फागुन १५ गते भोजपुरको छिनामखु गाविसस्थित सिर्देली डाँडाबाट कन्स्ट्रक्सनका ओभरसियर शेखर दाहाललाई अपहरण गरेका थिए । कर्मचारी अपहरणमा संलग्न भएको अभियोगमा तीनजना माओवादी कार्यकर्ताविरुद्ध कन्स्ट्रक्सनकी निर्मला शेर्पाले उजुरी दिएपछि उनीहरुलाई भोजपुर प्रहरीले सिद्धेश्वर गाविसबाट पक्राउ गरेको थियो । खोटाङको च्यानडाँडामा २२ किलोमिटर सडक निर्माणमा अवरोध गरी कर्मचारीलाई अपहरण गरेको अभियोगमा प्रहरीले माओवादीका जिल्लास्तरीय कार्यकर्ता खावा गाविसका बोमबहादुर विष्ट, प्याउली गाविसका जीवन कार्की र मोरङको गछिया गाविसका आशिष सोनामलाई पक्राउ गरेको थियो । सामान्य विवाद हुँदा ठेकेदारले रकम दिएर प्रहरीमार्फत् पक्राउ गराएको माओवादी कार्यकर्ता बोमबहादुर विष्टले जनाए ।
विवादपछि विष्टसहित १० जनाको समूहले फागुन १५ गते सडक निर्माणस्थलमा पुगेर काम गरेमा मार्ने धम्की दिँदै ओभरसियर दाहाललाई अपहरण गरी सोमबार साँझ मुक्त गरेको थियो । दाहाललाई नागी गाविसको जङ्गलमा पु¥याई सडक निर्माण नगर्न र अपहरणको घटना सार्वजनिक नगर्न चेतावनी दिएर मुक्त गरिएको थियो ।
प्रहरीले दाहाल अपहरणमा प्रयोग गरिएको बा.२ज ४६ नम्बरको ट्याक्सी पनि नियन्त्रणमा लिएको छ । सो ट्याक्सी माओवादी कार्यकर्ता जीवन कार्कीको भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको डीएसपी नरबहादुर केसीले बताए ।
माओवादी कार्यकर्ताको अवरोधपछि सो सडकको भोजपुर खण्डका अन्य भागको निर्माण कार्य पनि रोकिएको छ । सरकारले प्राथमिकतामा राखेको मध्यपहाडी लोकमार्गको भोजपुरदेखि खोटाङसम्मका विभिन्न भागमा दुई महिना अघिदेखि दु्रत गतिमा काम भइरहेको थियो । भोजपुर खण्डमा पाँच मिटर चौडाइको सडकलाई आठ मिटर बनाउन स्तरोन्नति गर्दै असारभित्रमा निर्माण पूरा गर्ने लक्ष्यसहित करिब ९० किलोमिटर सडक फराकिलो पार्ने काम भइरहेको थियो ।
Via source:- Blast Times

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...