पशु उपहार प्रदान


हिमाल आचार्य २५ फाल्गुन 
हेपर इन्टरनेशनलको सहयोग र अर्जुनधारा सामुदायिक विकास परियोजना र जलेश्वर स्वाभलम्वन समाजको आयोजनामा  पशु उपहार प्रदान गरिएको छ ।
ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक उपार्जन र दीगो स्रोत निर्माणका लागि विगत ९ महिना अघिदेखि हेपरले झापाको अर्जुनधारा ४ र ५ नम्वर वडामा यो अभियान शुरु गरेको हो ।
‘संस्थाले अढाई वर्षसम्म निव्याजी ऋण उपलव्ध गर्छ’, अर्जुनधारा सामुदायिक विकास परियोजनाका संयोजक कुमार भट्टराईले भने,‘प्रत्येक महिना किस्ता वन्दीमा ऋण तिर्दै जानु पर्ने हुन्छ  ।’
परियोजनाले सोमवार करिव साढे ३१ लाख वढीका विभिन्न १ सय ३३ वटा पशु उपहार प्रदान गर्यो । जसमा भैसी २५, गाई ४५, वाख्रँ ४१ र सुंगुर २२ वटा छन् । परियोजना अन्तगतको विभिन्न समुहलाई मात्रै पशुहरु उपहार दिइन्छ । हेपरको यो अभियानबाट सिंगो गाउ लाभान्वित हुन पुगेका छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...