खगेन्द्र घिमिरे
धुलाबारी झापा÷ अनाथ र अशायका लागि सायद समाज र राष्टले त्यति बढी ध्यान दिन सकेको छैन । त्यहीमाथि अनाथ शव्द नै पछि परेको छ । तर पूर्वमै एकमात्र अनाथ अशायका लागि विद्यालय सञ्चालन भैरहेको छ ।
![]() |
| स्वबोध साधना केन्द्र का विद्यार्थीहरु |
सुरुवातमा स्थानीय ४,५ र ६ वडाका बालबालिकाका लागि मात्र समेटी कक्षा सञ्चालन गर्दै आएतापनि अहिले भने पूर्वका धरान, इटहरी लगायतका स्थानबाट समेत बालबालिका त्यहाँ अध्ययनरत छन् । विद्यालयको लागि आश्यक पर्ने सम्पूर्ण व्यवस्था केन्द्रकै हातमा निर्भर पर्दै आएको छ । जसअन्तरगत विद्यार्थीका लागि कापी किताव लुगा, खाना बस्नको व्यवस्था समेत मिलाएको विद्यालय समितिका पूर्व अध्यक्ष पर्शुराम खरेलले बताए ।
केही समयअघि सम्म ५ वटा शिशु कक्षा सञ्चालन गर्दै आएतापनि अहिले भने ३ वटा मात्र सञ्चालनमा छ । विद्यालयमा अहिले अध्ययनपश्चात २ दर्जन बढी विद्यार्थी त्यही बस्दै आएका छन् भने अन्य नजिक घर हुने बेलुका घर फर्कने गरेका छन् । अनाथ, अशाय र अति विपन्नका लागि पूर्वमै नौलो तरिका जुन सिमित मुठीदानदेखि बाहेक स्थानीयस्तरमा आएको माशिक २÷४ हजार सहयोगमा भरमा सञ्चालन हुँदै आएको विद्यालयबाट अध्ययनपश्चात गएका विद्यार्थीहरु धेरैले डाक्टरी पेशा सम्हालेका छन् । खरेलका अनुसार यहाँ पढेर जाने विद्यार्थीहरु अन्य विद्यालयमा भर्ना भएतापनि उनिहरुका लागि सहयोग गरिरहेको बताउँछन् । ८ कठा क्षेत्रफलमा फैलिएको विद्यालय परिसरमा यति मात्रै नभएर यहाँको उपयोगिता अझै धेरै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थपलियाले बताए । विद्यालय परिसरमा बाल आश्रम, गौशाला, खेल मैदान, खेलकुदका सामाग्रीहरु सत्सङ भवन शिव महादेव मन्दिर, वायोग्यास पोखरी लगायत निर्माण भैरहेको छ भने भावी दिनमा वृद्धाआश्रम समेत सञ्चालन गर्ने योजना रहेको छ । यसरी सञ्चालन भैरहेको विद्यालयको भौतिक सामाग्री निर्माणार्थ जगदिस मित्तलबाट गौशला निर्माण, यु.के सुरुवातमा तल्लो तलाको भवन निर्माण, सभासद् उषा गुरुमा सुरुवातमा ३ लाख १० हजार र अहिले ३ लाख, मेचीनगर नगरपालिकाबाट ५० हजार, जापानबाट विद्यालयको पोशाकका लागि १ लाख साथै स्थानीय स्तरका संघ सस्थाबाट सहयोग हुने गरेको छ ।
नेपालमै एउटा छुट्टै परिचय दिनको लागि विशेषत मुठीदानको माध्यमबाट सञ्चालन भैरहेको यस स्वबोध बाल विकास केन्द्रका लागि सरकारी पक्षको ध्यान जान र यसका सञ्चालनमा आएका समस्यामा सघाउनुपर्ने समितिका उपाध्यक्ष खड्का भेट्वाल बताउँछन् । यसरी हेर्दा यस विद्यालयको दीर्घकालिन विकास र सञ्चालनका लागि सबैको अपरिहार्य देखिन्छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...