विकृति नबनोस्


प्रकाश पौडेल
नेपालीहरुको महान चाड होली नजिकिँदैछ । होली असत्य माथिको सत्यको विजयको रुपमा मनाइने हिन्दूहरुको महान चाड हो ।, एउटी बहिनीले आफ्नो दाजुप्रति सर्मपित गरेको असिम मायायको प्रतिक हुनाले फगुले प्रेमको प्रतिनिधित्व पनि गर्छ । यो आपसी झै झगडा र मेलमिलापको अन्त्य गरी सुमधुर सम्वन्ध राख्ने दिन समेत मानिने गरेको छ । 
होलीमा प्रयोग गरीने रंगले विविधताको सन्देश दिइरहेको हुन्छ । ठाउँ अनुसार यो पर्व फागु पूर्णिमा, होली, फगुवा हेरी आदि नाममले चिनिने गर्छ र भौगोलिक अवस्था अनुसार फरक फरक दिनमा मनाइन्छ । नेपालका पनि पहाडिया समुदायले फागु पूर्णिमाको दिन यो पर्व मनाउँछन् । भने मदेशी समुदायले त्यसको भोलिपल्ट यो पर्व मनाउने गर्छन् । त्यसैगरी सुदुर पश्चिमेलीबासीले भने यो पर्व शिब रात्रीको रातदेखि शुरु गर्छन् । पूर्णिमासम्म यहाँको बासिन्दाहरुले भजन तथा विर गाथाहरुमा रमाउँछन् । 
जीवनको हरेक क्षणहरुमा हामी प्रेमको अनुभुति गछौं । त्यसैले त हाम्रो् जीवनको हर दिन हर क्षण फागु बन्छ । एउटी आमाले आफ्नो बच्चाको रुवाई, हसाँई, हेराई, जिज्ञासु स्वभाव आदिमा विविध रंगको अनुभूति गर्छिन् । त्यसैगरी एउटा प्रेमीले आफ्नो प्रेमीकाको हाँसो, खुशी, लज्जा, मधुरता, आदि जस्ता व्यवहारमा विभिन्न रंग खोजिरहेको हुन्छ भने प्रेमीकाहरुले आफ्नो प्रेमीको चाल चलन भद्रता इत्यादीमा रंगहरुको अनुभव गरिरहेकी हुन्छे । यिनैको सम्बन्धबाट आत्मियता उत्पन्न हुन्छ । कहिले काहीँ बर्षसँगै रहँदा नपाएको आन्नद वा आत्यिमता एकै नजर या त हेराईमा पाउन सकिन्छ । त्यसैले त मन आत्मियताको सम्बन्ध प्रेमसँग हुन्छ । रंग वा फागु सँगै छ । यहि असिम प्रेमका कारण फागुको आत्यिमतामा पनि बढेको छ । फागुको महत्व आदिमकालदेखि नै चलिआएको हो । यसलाई साथै लिएर जानु हाम्रो कत्वर्य मात्र नभएर दायित्व पनि हो ।
 अहिले पश्चिमी संस्कृतिले गर्दा देशमा परम्परागत मनाइदै आएको पर्वहरु लोप हुँदै गएका छन् । यतिमात्र होइन यसको अर्थ पनि परिमार्जित हुँदै गएको छ । होलीमा अविर दल्ने बहानामा आफूलाई मन परेकी युवतीलाई झुक्काएर सिन्दूर हाल्ने घटना पनि नभएका होईनन् । कुनै पनि राष्ट वा देशको महत्वपूणै गहना भनेको त्यस देशको धर्म संस्कृति हो । धर्मको नाममा विकृति फैलिनु राम्रो कुरा होईन । समाजको असल संस्कृति र सम्पदाको जर्गेना गर्ने त्यस देशका नागरिकको अधिकार कर्तव्य हो । त्यसैले आफ्नो संस्कृति बचाई राखौं । यसपालिको होली मादक पदार्थ सेवन रहित बनोस् र भावी सन्ततिलाई यो होली नमूना होली बनोस् । यसपालीको होली नयाँ नेपालको नयाँ होली बनोस्, सबैमा प्रेम भावना जागृत होस् । होलीको रंग, भव्य रंगपूर्ण शुभकामना । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...