नेपाली सिनेमाका धेरैजसो निर्माता, निर्देशकहरु यतिबेला आफ्नो आगामी प्रोजेक्टका लागि नयाँ महिला अनुहार अर्थात् नायिका खोज्नमा ब्यस्त देखिन्छन् । तर ‘कसलाई के धन्दा घर ज्वाँईलाई कुन्नि के’ भनेको जस्तो सिनेमा ‘कसम’का निर्माता राम प्रसाद रिजाल भने आफ्नै जीवनको लागि नायिका खोज्दै हाल पुर्व पुगेका छन् ।

पुर्वको नारायणघाट पुगेका रिजालको त्यहिँबाट फोन आयो । फिल्म फ्लप भयो भने बिहे गर्दिन भन्ने यी निर्माताको सिनेमाले लगानी उठाउने सुर के कसेको थियो, त्यसपछि त यिनको भुईमा खुट्टै छैन । सिनेमाले पैसा कमाउन थाले लगत्तै बिहे गर्छु भनेर उफ्रिएका रामसँग लगनगाँठो कस्ने सीता नभेटेपछि सीता पुर्वमै पो छिन् कि, भनेर यी निर्माता खोजी गदैछन् ।
सिनेमा पनि चलाउने, केटी पनि खोज्ने, वाह.. ‘एक काम दुई पन्थ’ । ‘फिल्म हेर्ने दर्शक मध्यकै एक पो मेरी सिता हुने हो कि’, भन्ने यी रामलाई सीता चाँडै मिलोस् हाम्रो शुभकामना ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...