बाल्मीकी आश्रम

ऐतिहासिक एवं पुरातात्विक दृष्टिले नेपालकै महत्वपूर्ण स्थानको रुपमा रहेको बाल्मीकी आश्रम र आश्रम क्षेत्र अन्र्तगत रहेको लवकुश धारा मेची अञ्चलको इलाम जिल्लाको बाँझो गाविसअन्र्तगत पर्दछ । झापा जिल्ला स्थित तोपगाछी गाविस भएर बग्ने कमल खोलाको उत्तरी सिरानमा रहेको बाल्मीकी आश्रम सम्म पुग्ने महेन्द्र राजमार्गबाट कमल खोलाको किनारै किनार करिब ७ कि.मि. पैदल यात्रा गर्नु पर्दछ । यस ऐतिहसिक स्थलसम्म मोटर बाटोको सुविधा छैन ।

यस आश्रम क्षेत्रमा महत्वपूर्ण बस्तुहरुका साथै विभिन्न मूर्तिहरु उत्खनन्बाट फेला परेको कुरा स्थानीय बासिन्दाहरु बताउँछन् । आश्रम क्षेत्रमा जाँदा कमल खोलाको किनारै किनार रिखुवा पिलासे जाने बाटोको बीचमा पर्ने चुलाचुली क्षेत्रको “धाम डाँडो” मा भग्नावषेशको रुपमा ठुला–ठुला इँटाहरु फेला पर्ने गरेकोले यस स्थानलार्य पाँडे राजाको दरवार समेत भन्ने गरेको पाईन्छ । आज पनि यस डाँडाबाट बाल्मीकीको आश्रम नजिक रहेका कुँदेर बनाईएका ठूला–ठूला धाराहरु देख्न सकिन्छ । धारा रहेको क्षेत्रको भित्तामा कपडा धुन सकिने ठूला ठूला ढुङ्गाहरु छन् । धारा ढुङ्गाको बीचमा रहेको प्वालबाट पानी झर्ने गरेको पाईन्छ । ढुङ्गाको भित्तामा ढुङ्गाकै कपडा झुण्ड्याउने किलाहरु रहेका छन् । कमल खोलाको मुहान समेत यही धारा हो बाल्मीकीको आश्रम भएको विश्वास गरिएको यस बाल्मीकी आश्रम र सोही आश्रममा जन्मिएका लवकुशलाई स्नान गराउन उपयोग गरिएको धारा भन्ने विश्वास गरिएकोले यहाँका धारालाई लवकुश धाराको रुपमा आस्था एवं श्रद्धा गर्ने गरेको पाईन्छ । उचित प्रचार प्रसार र संरक्षणको अभावको कारणले बाल्मीकी आश्रम र लवकुश धारा ओझेलमा परेका छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...