रामचन्द्र भट्ट, काठमाडौं, - टेलिफोन कम्पनीहरुबाट अमेरिका र क्यानडा हुने कल एक वर्षमा ९० प्रतिशतले घटेको छ।
नेपाल टेलिकम, एनसेल, युटिएल जस्ता कम्पनीहरुबाट अमेरिका र क्यानाडामा हुने कल विगत ६ महिनामा स्वाट्टै घटेको छ।
गुगलको जिमेलले नेटबाट सित्तैमा अमेरिका र क्यानडा कल गर्ने सुविधा ल्याएपछि टेलिफोन कम्पनीले त्यहाँबाट हुने कमाई गुाएका छन्।

टेलिफोन कम्पनीहरुलेनै अमेरिका र क्यानडा कल गर्दा बढीमा प्रति मिनेट ६ रुपैयाँ मात्र लिइरहेका छन्। जिमेलले अमेरिका र क्यानाडा सित्तैमा कुराकानी गर्ने सुविधा दिएको छ। 'जिमेलले अमेरिका र क्यानडा निशुल्क फोन गर्ने सुविधा दिएपछि हाम्रो नेटवर्कबाट ती देशमा हुने कल घटेको छ,' टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले भने। साइबर क्याफेहरुले मिनेटको एक रुपैयाँमा नेटबाट अमेरिका र क्यानडा कल गर्ने सुविधा दिएपनि अहिले ती देशहरुमा कल ज्यादै कम हुने गरेको छ।
टेलिकमले कर बाहेक चार रुपैयाँमा अमेरिका र क्यानडा कल गर्ने महसुल लागु गरेको छ। एनसेलले ६ रुपैयाँमा अमेरिका र क्यानडा कल गर्ने स्किम ल्याएको छ। इन्टरनेटको सुविधा नभएको स्थान र अति जरुरीमा मात्र अहिले टेलिफोनको नेटवर्कबाट अमेरिका फोन हुन थालेको छ। गत भदौदेखि गुगलले जिमेलबाट अमेरिका र क्यानडा निशुल्क फोन गर्ने सुविधा थपेपछि टेलिफोन सेवा प्रदायकलाई असर परेको हो।
जुन ठाउँमा इन्टरनेट सुविधा छैन त्यो ठाउँबाटमात्र टेलिफोन कम्पनीको नेटवर्क मार्फत विदेशमा कल हुन्छ। बिजुली, इन्टरनेट, कम्प्युटर पुगेको ठाउँबाट ज्यादै थोरैमात्र विदेशमा टेलिफोन हुन्छ। ती स्थानबाट नेटफोनको बढ्ता प्रयोग हुने गरेको छ।
'विगतमा अमेरिका, युरोप र अष्ट्रेलियाबाट सबैभन्दा बढी आम्दानी आउने गरेकोमा अहिले नेटफोनले गर्दा घटेको छ,' थिकेले भने। अहिले अन्तर्राष्ट्रिय कलबाट आउने महसुलमध्य सबैभन्दा बढी भारतबाट आइरहेको छ। युटिएलका एक उच्च अधिकारीले अमेरिका र क्यानडामा हुने कल विगत ६ महिनामा ९० प्रतिशतले घटेको बताए। 'नेट नभएको ठाउँबाट र आपत पर्दा मात्र टेलिफोनको नेटवर्क अहिले अमेरिका कल गर्दा प्रयोग भैरहेको छ,' उनले भने।
टेलिफोन कम्पनीमात्र होइन नेटफोनबाट अमेरिका र क्यानडा कल गर्ने पनि घटेका छन्। 'मिनेटको एक रुपैयाँमात्र महसुल लगाउँदा पनि साइबरबाट अमेरिका र क्यानडा कल गर्नेहरु सुक्खा लागेको छ,' बानेश्वर थापागाउँ स्थित फ्रेण्डसीप साइबरका सूर्य अधिकारीले भने। अमेरिकामा आफन्त भएकाहरुले सिधै जिमेलमा गएर कल गर्छन।
गुगलको भिडियो एण्ड भ्वाइस च्याटले सुरु गरेको 'कलफोन' सुविधा अनुसार नेपालका जिमेल प्रयोगकर्ताहरुले समेत निशुल्क रुपमा अमेरिका र क्यानडा फोन गर्ने सुविधा पाएका छन्। यसले गर्दा घरमा कम्प्युटर र नेट सुविधा भएका सबैले गुगलबाट निशुल्क अमेरिका, क्यानडा फोन गर्न थालेका छन्। जसबाट टेलिफोन कम्पनीहरुको नेटवर्कबाट अमेरिका र क्यानडा कल गर्नेहरु ह्वात्तै घटेका हुन्।
Source:- Nagariknews

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...