१९ फागुन / बिर्तामोड,
सुखानी शहिद स्मृती दिवसको सन्दर्भमा नेकपा एमाले कोहेड टोल कमिटी अनारमनी ३ को आयोजनामा सञ्चालीत शहिद स्मृती खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भयो ।
१३ बर्ष मुनीका बालकहरुबिच फुटबल र बालिकाहरुबिच २०० मिटर दौड प्रतियोगिता आयोजना गरिएको सो प्रतियोगिताको फुटबल तर्फ लिर्वर्टी स्कुल अनारमनी ३ ले प्रथम स्थान हासिल गरेको छ । सो प्रतियोगितामा न्यूटन एजुकेशन एकेडेमी अनारमनी ३ ले दोश्रो स्थान प्राप्त गरेको छ भने तेश्रो स्थान बिरता बाल क्लब अनारमनी ३ र सान्तवना मिडल प्वाईण्ट अंग्रेजी स्कुल भएका छन । यसरी नै बालिकाहरुको २०० मिटर दौडमा न्यूटनकी सिवानी कटवाल प्रथम, लिवर्टीकी आशिका कार्की दितीय र अनारमनी अनौपचारिक प्राविकी अञ्जु विश्वकर्मा तृतीय भएकी छिन ।
लिटल फ्लावर्स अग्रेजी स्कुलको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फुटबल तर्फ लिवर्टीका रिसब घिमीरे म्यान अफ द सिरीज भएका छन । यसरी नै प्रतियोगिताको फाईनल खेलमा न्यूटनका समिर सुब्बा म्यान अफ दि म्याच र तेश्रो स्थानको लागि भएको खेलमा मिडल प्वाईण्टका प्रतिक घिसीङ्ग म्यान अफ दी म्याच भएका थिए ।
प्रतियोगिताका बिजयी समुह र खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका राष्ट्रिय प्रतिनिधी परिषदका सदस्य एवम् मदन भण्डारी फाउण्डेशन झापाका अध्यक्ष देवेन्द्र दाहाल, बिषेश अतिथी फुटबल संघ झापाका अध्यक्ष जलकुमार गुरुङ्ग, पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोख्रेल एमाले अनारमनी अध्यक्ष हरि ओझा, नन्दमणी विमली लगायतले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । प्रथम हुने समुहले म्याडल सहित ट्रफी र फुटबल, दाश्रो हुने समुहलाई कप सहित फुटबल पुरस्कार प्रदान गरिएको कार्यक्रममा तेश्रो र सान्वतव्ना स्वरुप फुटबल पुरस्कार वितरण गरिएको थियो । म्यान अफ दी म्याच हुने खेलाडीलाई मेडल सहित नगद पुरस्कार प्रदान गरिएको थियो भने यसरी दौडतर्फ प्रथम, दितीय र तृतीय लाई मेडल सहित क्रमशः ३ सय, २ सय र १ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।
आयोजक कमिटी अध्यक्ष शान्ता रोकाको अध्यक्षता तथा सोमनाथ पोर्तेलको सञ्चालनमा सम्पन्न पुरस्कार बितरण समारोहमा प्रमुख अतिथी देवेन्द्र दाहाल, बिषेश अतिथी जलकुमार गुरङ्ग सहित गणेश पोख्रेल, हरि ओझा, फीरोज राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यस अघि प्रतियोगिताको उद्घाटन हिजो १७ गते एमाले नेता हरिचरण शिवाकोटीले गर्नु भएको थियो । शान्ता रोकाको अध्यक्षता सोमनाथ पोर्तेलको सञ्चालन र देशमाया राईको स्वागत मन्तव्य रहेको उदघाटनमा एमाले मेची अञ्चल सल्लाहकार तेजबहादुर कन्दङ्गवा, मोहन शिवाकोटी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...