विश्वको संकटको सूचीमा रहेका भ्याकुर र बनतरुल खेती गर्न थालेका सङखुवासभाका कृषकहरुले त्यसबाट राम्रो आम्दानी गरेका छन् । जिल्लाको वाला, सिसुवा, ताम्कु र माङ्तेवा गाबिसका कृषकहरुले भ्याकुर र बनतरुल रोपेर आम्दानी लिन थालेको छ ।
रोप्न र खन्न सजिलो कम परिश्रम पर्ने भएकाले खेति प्रति कृषकहरुको मोह बढेको वाला ४ का स्थानीय कृषक रबिन राइले बताउनुभयो । भ्याकुर,बनतरुलले बजारमा बढी माग भएको माग अनुसार पर्याउन नसकेको उहाँको भनाइ छ । जिल्लाको भ्याकुर र बन तरुल उत्पादन गरिएता पनि बजार पर्याउन धुवानी बढी लाग्ने भएको उनीहरुको गुनासो छ ।
प्रतिकिलोग्राम ६० रुपैयाँका दरले बिक्रि गरिने तरुलले एक परिवारले बार्षिक ४० हजार सम्म आम्दानी गरेको कृषकहरुको भनाइ छ । भ्याकुर र तरुल खेति वालासिसुवा,ताम्कु,माङतेवा गाबिसमा गरिदै आएको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...