हराएकी युवतीको शव गाडिएको अबस्थामा





इनरुवा, फाल्गुन २२ - शनिबारदेखि हराइरहेकी सुनसरीको भोक्राहा ९ की एक युवतीको मृत शरिर आइतवार गाडिएको अबस्थामा फेला परेको छ ।
भोक्राहा ९ का इसमाइल हजामकी १७ वर्षीय छोरी अजमुल खातुनको मृत शरिर शुक्रबार साँझ स्थानीय सत्यनारायण मेहताको गहु खेतमा गाडिको अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मुखमा कपडा हालेर घाटी थिचेर हत्या गरि गाडिएको अबस्थामा उनको शब फेला परेको इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायव निरीक्षक शंकर चौधरीले जनाए । लाटी स्वभावकी अजमल शनिबार बिहान ११ वजे घाँस काटन घरवाट निस्केकोमा फर्केर नआएपछि परिवारका सदस्यहरुले खोजी सुरु गरेका थिए । खोज्दै जाने क्रममा गहुँ खेतमा गाडिएको अबस्थामा शव फेला परेको हो । शवलाइ पोष्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा ल्याएको छ ।
Image Courtesy :- avnews Television

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...