पत्रकार कुमार लुइँटेल पुरस्कृत


 पत्रकार कुमार लुइँटेल युवा क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले विर्तामोडमा आज एक कार्यक्रमका बीच उहाँलाई पुरस्कृत गरेको हो । कार्यक्रममा झापाका अग्रज पत्रकाद्वय गोबिन्दचन्द क्षेत्री र मदन ढकाललाई सम्मान गरियो । युवा क्रियाशील पत्रकारिता पुरस्कारको राशी नगद पाँचहजार रहेको छ ।
त्यस अवसरमा क्लबका अध्यक्ष ऋषि धमला र झापाका प्रमुख जिल्ला अधिकारी शसिशेखर श्रेष्ठले पुरस्कार वितरण गर्नुका साथै पत्रकारद्वयलाई सम्मान गर्नुभयो ।
दमकलाई कार्यक्षेत्र बनाएर विगत सात बर्षदेखि पत्रकारिता गरेका लुइँटेल अन्नपूर्ण पोष्ट दैनिक, एभेन्यूज टेलिभिजन, प्रतिदिन दैनिक र पाथिभरा एफएम र विराट एफएमसँग आबद्ध हुनुहुन्छ । क्षेत्री नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष र ढकाल नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले अबको पत्रकारिता आर्थिक र सामाजिक विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा राजनीतिका परिर्वतन गर्न संचार क्षेत्रको भूमिका प्रमुख रहेको बताउँदै मर्यादित पत्रकारीता आजको आवश्यकता भएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले देश विकासको मेरुदण्डको रुपमा रहेको पत्रकारिता जगत सम्मानित पेशा भएको चर्चा गर्दै समयानुकुल परिर्वतन र युवा सहभागिताले मात्र पत्रकारिता क्षेत्रले अपेक्षित प्रगति गर्न सक्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल काँग्रेस झापाका अध्यक्ष उद्धव थापा, नेपाल पत्रकार महासंघ झापाका सदस्यद्वय अनिल ढुंगाना, केशव भट्टराई, नेपाल प्रेस युनियनका झापा अध्यक्ष भीम नेम्बाङ लगायतले पत्रकारिता क्षेत्रको विकाससँगै चुनौती बढेको बताउनु भयो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...