झापा १७ फाल्गुन मेचीनगरमा रहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एक्स–रे मेशिन वर्षौदेखि थन्किएपछि सर्वसाधारण विरामी सुलभ सेवबाट वञ्चित भएका छन् । एक्स–रे मेशिन सञ्चालनका लागि दक्ष जनशक्ति अभावमा लाखौं लगानीको स्वास्थय उपकरण उपयोगहीन भएको हो ।
![]() |
| गोदाममा थन्किएको एक्स–रे मेशिन । |
धुलाबारििस्थत प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा रहेको एक्स रे मेशिन थन्किएपछि विरामी केन्द्रकै छेउछाउमा रहेका निजी क्लिनिकमा महंगो शुलक तिरेर सेवा लिन बाध्य भएका छन् ।
वि.सं.२०६० असारमा मेचीनगर नगरपालिका र स्थानीयबासी धिरज शर्माको आर्थिक सहयोगमा खरिद गरी ल्याइएको धुवाबारी केन्द्रमा रहेको एक्स–रे मेशिन २ वर्षदेखि थन्किएकोछ । छाती र हातको एक्सरेमा प्रयोग हुने मेशिन चलाउने जनशक्ति नहुाद दुई वर्षयता सेवा बन्द भएको हो । अहिले केन्द्रमा मेशिन स्टोररुममा अलपत्र छ । ‘मेशिन छ, चलाउने जनशक्ति छैन’, केन्द्रका निमित्त प्रमुख लक्ष्मणप्रसाद साह भन्छन् –‘त्यसैले हुनु र नहुनु एउटै भएको छ ।’ केन्द्र सञ्चालक समितिले एक्सरे सेवा सुचारु गर्न पटक–पटक प्रयास गरे पनि जनशक्ति नपाउँदा योजना अलपत्र परेको उनले बताए ।
मेचीनगर नगरपालिका, ज्यामिरगढी, धाइजन, बाहुनडाँगी र शान्तिनगर क्षेत्रका हजारौं बिरामीले यही केन्द्रबाट स्वास्थय सेवा लिने गरेका छन् । केन्द्रको तथ्याङ्क शाखाका अनुसार वार्षिक रुपमा २० हजार भन्दा बढी विारमी केन्द्रमा सेवाका लागि आउने गर्छन् । पूर्वोत्तर झापाका आर्थिक रुपले विपन्न हजारौं नागरिकले सेवा लिने ठाउँमा रहेको एक्स–रे नचल्दा उनीहरु मारमा परेको स्वास्थ्यकर्मी बताउँछन् ।
समाचार साभार पूर्वीनाकाबाट प्रकाशित हुने जनसंसद दैनिक


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...