गोर्खाल्याण्ड बन्द भो– अनिश्चितकालिन


छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै तीन वर्षदेखि आन्दोलनरत् गोर्खा जनमुक्ति मोर्चाका दुई कार्यकर्ताको जलपाइगुडीमा मङ्गलबार प्रहरीको गोली लागेर मृत्यु भएपछि बुधबारदेखि दार्जिलिङ बन्द भएको छ ।
दार्जिलिङ बन्दका कारण इलामको पूर्वी पशुपतिनगर बजारसमेत सुनसान भएको छ । नेपालबाट दार्जिलिङ जाने पर्यटक पशुपतिनगरबाटै फर्किन थालेका छन् । जलपाइगुडी जिल्लाको नाग्राकटास्थित सिब्चु चिया बगाननजिकै रिले अनसनमा बसिरहेका मोर्चाका दुई कार्यकर्तालाई प्रहरीले मङ्गलबार दिउँसो ११ बजेतिर गोली चलाउँदा डुबर्सका बिक्की लामा र कालिम्पोङकी विमला राईको घटनास्थलमै मृत्यु भएको थियो । शान्तिपूर्ण आन्दोलन भइरहेका बेला प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्यु भएको मोर्चाका महासचिव रोशन गिरीले बताए ।
घटनापछि दार्जिलिङ जिल्लाको स्थिति तनावग्रस्त छ । घटनालगत्तै मोर्चा कार्यकर्ताले जिल्लाका विभिन्न स्थानमा आगजनी तथा तोडफोडसमेत गरेका छन्् । उनीहरूले खर्साङस्थित पेदोङ प्रहरी चौकीमा आगजनी गराएका छन् । कालिम्पोङ, दार्जिलिङलगायत्का विभिन्न स्थानमा गाडी तथा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ भने बजार पनि बन्द रहेको छ ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...