
सम्झना लिङदेन फिल्मस्को ब्यानरमा निर्मित सामाजिक हाँस्यप्रधान चलचित्र ‘बस नं. १३६’ एक पृथक शैलीको नेपाली चलचित्र हो । यो चलचित्र भिन्न धारको पनि रहेको अवगत गराउँदछौँ । ‘बस नं. १३६’ नेपाली चलचित्र उद्ययोगमा कोसेढुङ्गा साबित हुने पक्का छ ।
चलचित्र ‘बस नं. १३६’ यही माघ २८ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी गराउन चाहन्छौँ । देशभरका पाँच दर्जन हलमा एकसाथ फिल्म प्रदर्शनमा आउने छ । फिल्म डिसिएन अन्तर्गत प्रदर्शनमा आउन लागेको हो । उपत्यका र मोफसलका हलबाट प्रदर्शनमा आउने चलचित्रका प्रस्तुतकर्ता भूपेन्द्र लिङदेन (मन्त्री) हुन् । सञ्जु लिङदेन, राजुजङ्ग कन्दङवा र टेकराज तिलिङ निर्माता रहेको ‘बस नम्बर १३६’ मा पूर्वाञ्चलका लोकप्रिय कलाकारले अभिनय गरेका छन् । कमेडी गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) नायकका रुपमा रहेको चलचित्रको निर्देशन केशव रायमाझीले गरेका हुन् । पूर्वी नेपालका रमणीय स्थानमा सुटिङ भएको सो चलचित्रमा बोकेदाह्री, मेलिना मानन्धर, रवि क्षेत्री, राजाराम पौडेल, मुकुन्द श्रेष्ठ, पुष्प श्रेष्ठ, विल्सनविक्रम राई, हिमाल खड्का, विपीन प्रसाईंलगायतको कमेडी भूमिका देख्न सकिनेछ । कथा, गीत र सङ्गीत बोकेदाह्रीकै रहेको सो चलचित्रमा कमल राईको नृत्य, सूर्य देवको द्वन्द्व र सौरभ लामाको छायाङ्कन रहेको छ । तीनवटा गीत रहेको फिल्ममा वीरेन्द्रनारायण झा, बोकेदाह्री र रिङ्कु शर्माको स्वर सुन्न सकिनेछ । यसअघि असोज २६ गते फिल्मको च्यारेटी शोबाट प्राप्त रकमबाट आठवटा रिक्सा खरिद गरी विपन्न मजदूर र तीनवटा साइकल जिल्ला ट्राफिक प्रहरीलाई प्रदान गरिएको जानकारी गराउन चाहन्छौँ । फिल्मको पूरै अढाइ घण्टा दर्शकले भरपूर मनोरञ्जन प्राप्त गर्नेछन् भन्नेमा निर्माणपक्ष पूर्ण आशावादी छौँ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...