लहानमा लाठिचार्ज, ६ राउण्ड अश्रुग्यास प्रहार, झडप जारी


कडा गर्ने केन्द्रमा परीक्षा नगर्न माग-
मिथिलेश यादव, लहान, फागुन ५- परीक्षार्थीलाई कडा गर्ने केन्द्रमा राख्‍न नहुने माग गर्दै रोयल सफ्टटेक कलेजका विद्यार्थीले पूर्व-पश्चिम राजमार्गको लहान खण्डमा चक्काजाम गरेपछि सुरक्षाकर्मीसँग झडप भएको छ। झडपका क्रममा प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। झडप जारी छ।

सडक खुलाउन खोज्दा अवरोध सिर्जना गर्ने विद्यार्थीहरुलाई प्रहरीले लाठिचार्जसमेत गरेको छ। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको सो कलेजको ११ कक्षाको परीक्षा केन्द्र जेएस मुरारका क्याम्पसमा राखिएको थियो। केन्द्र सार्नुपर्ने माग गर्दै विश्वविद्यालयको विराटनगर कार्यालयमा पनि तालबन्दी गरी उनीहरुले नाराबाजी गरिरहेका छन्।


परीक्षा नियन्त्रण कार्यालय घेराउ


विराटनगर/ परीक्षा केन्द्र परिवर्तन गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले बुधबार यहाँस्थित पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय घेराउ गरेका छन् ।
सिराहाको लहानका विद्यार्थीहरूले जीएस मुरारका बहुमुखी क्याम्पसबाट आप्ः्नो परीक्षा केन्द्र स्थानान्तरण गर्न माग गरे पनि विश्वविद्यालयले बेवास्ता गरेको भन्दै घेराउ गरेका हुन् । उनीहरूले बिहीबारदेखि सुरु हुने परीक्षा पनि बहिष्कार गर्ने चेतावनी दिएका छन् । उनीहरूले कार्यालय घेराउ गरी परीक्षा नियन्त्रकविरुद्ध नाराबाजी पनि गरेका थिए ।
केन्द्र परिवर्तन नगरे परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गर्ने उनीहरूको चेतावनी छ । आप्ः्नैमातहतका कलेजहरू हुँदाहुँदै अन्यत्र केन्द्र राखेकोमा उनीहरूको विरोध हो ।
कार्यालय घेराउपछि बिहीबारबाट हुने बीबीएस र बीएडको परीक्षा पनि अनिश्चित बनेको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...