पर्वत पोर्तेल
सिलिगुडी, ५ फागुन – गोर्खा जनमुक्ति मोर्चाले पुर्व घोषित कार्यक्रम अनुसार आजदेखि डुवर्समा पदयात्रा आरम्भ गरेको छ ।
डुवर्सका विभिन्न जातीय संगठनहरुको विरोधका वावजुद मोर्चाले असम सीमाको सुनकोस नदीदेखि डुवर्सको कुमानीसम्मको करिव सय किलोमिटर लामो पदयात्रा आरम्भ गरेको हो । यो यात्रा ११ दिनसम्म जारी रहने जनाइएको छ । मोर्चाका अध्यक्ष विमल गुरुङले केही समयअघि आयोजित एक पत्रकार सम्मेलनमा विहान ११ वजेदेखि पदयात्रा शुरु गरिएको जानकारी दिएका छन् । गुरुङले पदयात्रामा करिव ५० हजार वढी मोर्चा कार्यकर्ता सहभागि बनेका छन् । समाचार तयार पार्दासम्म करिव १२ किलोमिटर यात्रा सम्पन्न भइसकेको छ । गुरुङले भने,‘अहिलेसम्म कहि कतैवाट व्यवधान भएको छैन, यात्रा शान्तिपुर्ण छ ।’
मोर्चाको पदयात्रालाई केन्द्रीत गरेर डुवर्सको अखिल भारतीय आदिवासी विकास परिषद नामक संस्थाले विहीवारदेखि अनिश्चितकालन डुवर्स वन्द आव्हान गरेको छ । जनजागरण मन्च, वंगला भाषा वचाउ कमिटी र तराई डुवर्स वंगाल वचाउ कमिटीलगायतले मोर्चाको पदयात्रा प्रभाव पार्न ऐक्यवद्धता जनाएका छन् । उनीहरुले डुवर्स र तराई गोर्खाल्याण्डमा समावेश गर्न नहुने जनाउदै मोर्चाको यो अभियानमा वाधा पुर्याउन खोजेका हुन् । तर, मोर्चाले भने डुवर्स र तराईलाई समावेश नगरिएको गोर्खाल्याण्ड मान्य नहुने बताउदै आएको छ । मोर्चाले दार्जिलिङदेखि असम सीमाको सुनकोश नदीसम्मको क्षेत्रलाई प्रस्तावित गोर्खाल्याण्डको मानचित्रमा अंकित गरिसकेको छ ।
जलपाइगुडी प्रशासनले यस अघि नै भारत–भुटान सीमाको जयगाउ, कालचिनी, नगरकट्टा, वादरहाट, मालवजार लगायतका क्षेत्रमा निषेधाज्ञा घोषणा गर्र्दै १४४ धारा लागु गरिसकेको छ । केही समयअघि आदिवासी विकास परिषदलगायतका संगठनले मोर्चाको वन्दको विरोध गर्दा जयगाउमा झडप भएको थियो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...