तीन मिनेटमै


यौनक्रियाबाट पाइने सन्तुष्टिबारे सबै एकमत छैनन् । श्रेष्ठतम यौनक्रिया केही मिनेटको मात्र हुन्छ । सन्तोषप्रद यौनक्रियाको समय ३ मिनेटदेखि १३ मिनेटसम्मको हुन्छ ।
पेन्न स्टेट विश्वविद्यालका वैज्ञानिकहरूले सोसाइटी अफ सेक्सथेरापी एन्ड रिसर्चका सदस्यहरूको समूहसँग मिलेर यसबारे अनुसन्धान गरेका थिए । त्यसपछि उनीहरू उपर्युक्त निष्कर्षमा पुगेका हुन् । उनीहरूका अनुसार एक मिनेटदेखि दुई मिनेटसम्म सकिने यौनक्रिया बेकारको हुन्छ । सहवासमा सात मिनेटसम्म लगाइए त्यो पर्याप्त श्रेणीमा पर्छ । १३ मिनेट खर्चिइएको यौनमिलन सुखद हुन्छ । १० मिनेटदेखि ३० मिनेटसम्मको अवधि दिक्कलाग्दो हुन्छ । अनुसन्धानकर्ताहरूले आधा घन्टासम्म लाग्ने यौनक्रियालाई बोरिङ भनेका छन् ।



मर्निङ सेक्स
राम्रो ब्रेकफास्टले कसैलाई पनि दिनभर फ्रेस राख्छ भन्ने मानिन्छ । यसलाई यौनक्रियासँग तुलना गर्दै अमेरिकी यौन सल्लाहकार डा. डेभी हरबेनिकले बिहानै गरिने सहवास स्वास्थ्यका लागि सबैभन्दा बढी लाभदायक हुने बताएका छन् ।
‘प्रायः मान्छेहरू बिहान खाइने एक कप मीठो चियालाई पनि दिनको राम्रो सुरुवातका रूपमा लिन्छन्,’ डा. डेभी भन्छन्, ‘दिनको सुरुवात स्वस्थ यौनक्रियाकलापबाट गर्ने मान्छेको स्वास्थ्य झन् राम्रो हुन्छ ।’ उनका अनुसार उषाकालमा यौनक्रियामा संलग्न हुँदा सम्बन्धित व्यक्तिहरूको शरीरबाट निस्किने रसायनले तिनलाई अझ बढी सन्तुष्टि दिन्छ, खुसी बनाउँछ । खुसी मिलेपछि स्वास्थ्यमा सकारात्मक पर्ने भइहाल्यो ।
अर्का अमेरिकी यौन सल्लाहकार जेन गि्रगर पनि यो कुरालाई मान्छन् । ‘बिहान सबैलाई अन्य काम गर्न हतार हुन्छ,’ उनी भन्छन्, ‘यस्तोमा यौनक्रियासमेत छिटछिटो गरिन्छ । यसो गर्नाले शारीरिक गतिविधि बढी तीव्र भएर व्यायामबाट जस्तै फाइदा पाइन्छ ।’
डा. डेभीले आफ्नो अनुसन्धानको पक्षमा वेलफास्ट विश्वविद्यालयको अध्ययनलाई समेत उद्धृत गरेका छन् । उक्त अध्ययनमा के उल्लेख छ भने सातामा तीनपटक यौनक्रिया गर्नाले कुनै पनि किसिमको स्ट्रोक हुने खतरा आधा हुन्छ । सन् २००९ मा गरिएको अर्को अध्ययनका आधारमा डेभीले के भनेका छन् भने बिहानै यौनक्रियामा लिप्त हँदा पुरुष र महिला दुवैको प्रजनन क्षमता बढ्छ ।



बढ्दो उमेरसँग बदलिन्छ यौनेच्छा
कलेज जाने उमेरका प्रायः युवतीहरू चकलेटी अनुहारका युवकलाई मन पराउँछन् । चकलेटी अनुहारका युवकका गर्लफेन्डहरूको लिस्ट लामो हुने गरेको छ ।
तर उमेर वृद्धिसँगै युवतीहरूमा पुरुषसम्बन्धी रुचि परिवर्तन हुन्छ । उनीहरू ‘वाइल्ड लुक’ भएका पुरुषलाई बढी मन पराउन थाल्छन् । हालैको अध्ययनले के पुष्टि गरेको छ भने उमेरको एउटा सुनौलो कालखण्डमा युवतीहरू ‘माचो म्यान’ प्रति झुकाव राख्न थाल्छन् ।
युनिभर्सिटी अफ कोलोराडो र युनिभर्सिटी अफ न्यू मेक्सिकोका अनुसन्धानकर्ताहरूका अनुसार युवतीहरू जब आमा बन्ने उमेरमा पाइला राख्छन्, त्यति बेला उनीहरूको लिस्टबाट कोमल र चकलेटी अनुहार भएका युवकहरू स्वाभाविक रूपमा बाहिरिन्छन् । यो उमेरमा युवतीहरू ‘रफ एन्ड टफ लुक’ भएका युवकहरूतर्फ बढी आकषिर्त हुन्छन् । यो उमेरका युवतीहरूमा युवकको बुद्घि र कौशलले त्यति महत्त्व राख्दैन ।
कान्तिपुर

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...