अम्बर गुरुङलाई नागरिक अभिनन्दन


नेपाली राष्ट्रगानका सङ्गीतकार तथा नेपाल सङ्गीत तथा नाट्य प्राज्ञ प्रतिष्ठानका कूलपति अम्बर गुरुङलाई शुक्रबार इटहरीमा नागरिक अभिनन्दन गरिएको छ ।
गुरुङलाई नगर परिक्रमा गराएर अभिनन्दन गरिएको थियो । शुक्रबार यहाँ सुरु दुईदिने पूर्वाञ्चलव्यापी सङ्गीत तथा नाट्य कार्यक्रममा सहभागी हुन आएका गुरुङलाई नागरिक अभिनन्दन गरिएको हो ।
नेपाल सङ्गीत तथा कला नाट्य प्रतिष्ठानले राजधानीबाहिर पहिलोपटक गरेको पूर्वाञ्चलस्तरीय कार्यक्रमका अवसरमा पूर्वाञ्चलकै सङ्गीत तथा कला झल्कने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम संयोजक रमेशरञ्जन झाले बताए । इटहरीका केही कलाकारले भने कार्यक्रममा कलाकारहरूको लागि छुट्याइएको बजेट मात्र सकिएको भन्दै विरोध जनाएका छन् । इटहरीका कलाकार विक्रम श्रि, प्रकाश सुब्बालगायतले यसको विरोध जनाएका हुन् ।
विरोध व्यक्तिगत स्वार्थप्रेरित रहेको बताउँदै स्थानीय संयोजक मणि गुरुङले कार्यक्रमको लागि सम्पूर्ण दल, नागरिक समाज, कलाकार तथा स्थानीय निकायको सहयोग रहेको दावी गरे । कार्यक्रमको पहिलो दिन विभिन्न जातिका सँस्कृति झल्किने नाच तथा कार्यक्रम प्रस्तुत भए । शनिबार दोस्रो दिन नाटक प्रदर्शन गरिने जनाइएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...