भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानको कुटाईबाट झापा महाभाराका एक सन्थाल युवा घाइते भएका छन् ।
वडा नम्बर ४ का अन्दाजी ३० बर्षीय रस्को मुर्मु (सन्थाल) लाई सिमावर्ती भारतीय बजार जाने क्रममा एसएसबीका जवानले सिंगीमाडी भन्ने ठाउँमा निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते मुर्मुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराइएको छ ।
तीन दिनअघि भएको सो घटनाबारे कसैलाई नभन्न एसएसबीले चेतावनी दिएका कारण घटना सार्वजनिक हुन ढिलाई भएको स्थानीयबासीले बताएका छन् । कृषि मजदुरका रुपमा काम गर्दै आएका पीडित मुर्मु भारतीय गाउँमा रहेका आफन्त भेटघाटका लागि जानेक्रममा सो घटना भएको बताइएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...