कांग्रेस कार्यकर्ताद्वारा इटहरीमा राजमार्ग अवरुद्ध

इटहरी चौकमा परिचालित सुरक्षाकर्मी । तस्विरः शंकर खरेल

कांग्रेस कार्यकर्ता तथा समर्थकहरुले सुनसरीको इटहरीमा राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले पूर्व पश्चिम तथा कोसी राजमार्ग अनिश्चितकालका लागि अवरुद्ध गरिएको जनाएका छन् ।
कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेललाई कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै बन्द गरिएको हो । शनिबार पौडेललाई युथफोर्सका कार्यकर्ता रुपेश बजगाईले कुटपिट गरेका थिए । प्रहरीले २४ घण्टा भित्र उनलाई पक्राउ गर्ने आश्वास दिएपनि पक्रउ नगरेपछि आन्दोलनमा उत्रिनु परेको कांग्रेस नगर कमिटीले जनाएको छ ।
सोमबार अपरान्ह ४ बजेबाट चौरस्तामा कांग्रेस कार्यकर्ताहरु बसेर दुई वटै राजमार्ग अवरुद्ध गरेका छन् । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ । बन्दका कारण सयौं सवारी सधान रोकिएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...