प्रहरीद्धारा होटलमा छापा मारी ३० पक्राउ


कास्की, माघ २४ - प्रहरीले आईतबार राति बागलुङ बसर्पाक क्षेत्रमा संचालित  होटल तथा रेष्टुरेण्टमा छापा मारी ३० जना युवायुवतीलाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक रविन्द्र गुरुङको कमाण्डमा खटिएको प्रहरीको टोलीले युवायुवती होटलमासँगै बसेको अवस्थामा पक्राउ गरेको हो ।
छापा मार्ने क्रममा होटलमा प्रवेश गर्न लागेका प्रहरीमाथि जाई लागेको रेष्टुरेण्टका कर्मचारीले प्रहार गरेको ढुङ्गा लागेर दुई प्रहरी घाइते भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर बस्नेतले बताए । घाइते   हुनेमा प्रहरी जवान द्वय चित्रबहादुर राना र कमलप्रसाद कँडेल रहेका छन् । उनीहरुको टाउको र हातमा चोट लागेको छ ।
होटलहरुमा अवैध धन्दा हुने गरेको जनगुनासोको आधारमा चेतावनी स्वरुप छापा मारिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका  ३० जनालाई सम्झाई बुझाई छाडिएको बस्नेतले बताए ।
यसैबीच नयाँबसपार्क होटल तथा रेष्टुरेष्ट व्यवसायी समितिले सोमबार एक विज्ञप्ती जारी गरी प्रहरीद्धारा गरिएका गैर जिम्मेवारी कार्यको भत्र्सना  गरिएको छ । समितिका अध्यक्ष जगराज तामाङ द्वारा जारी विज्ञप्तीमा होटलमा आराम गरेको पाहुनालाई पक्राउ गरिएको  प्रहरी प्रशासनको घृणित कार्यबाट  पर्यटन तथा होटल व्यवसायमा परेको अतुल्यनीय क्षतिको क्षतिपूर्तिको माग गरिएको छ । @ ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...