बाबु मार्ने योजना बनाइरहेका २ छोरा पक्राउ


गएराति झापाको दमक ८ बाट एक थान रिभल्वर सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दमक ८ निवासी मोहन धिमालका १७ बर्षीय छोरा एन्जल धिमाल र उज्वल धिमाल रहेका छन् ।
एन्जलले आफ्नै बावुलाई गोली हानी हत्या गर्ने उद्देश्यले १ महिनाअघि १० हजार भारतीय रूपैंयामा खरीद गरी भारतबाट सो हतियार ल्याएको प्रहरीलाई बयान दिएको इलाका प्रहरी कार्यालयका प्रमुख नविन कार्कीले बताएका छन् ।
पक्राउ परेका उज्वल पनि मोहन धिमालका धर्म पुत्र हुन् ।
पारिवारीक बिवादका कारण बाबुको हत्या गर्ने योजना बनाएको एन्जलले स्वीकार गरेका प्रहरीको दावी छ ।
मोहन धिमाल दमक नगरपालीकाका पूर्व उपमेयर हुन् ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...