के हैसियत छ भण्डारीलाई कारवाही गर्ने ?

केशव धिताल
 नेपाल पत्रकार महासंघ चुनावी माहौला समाप्तीपछि पत्रकारलाई नसीहत दिने प्रेस चौतारीको नीगिगत सूचना प्रकाशित गरिउको छ । पत्रकारहरु फ्रायडवादी, माक्र्सवादी, पुरानतम चिन्तनवादी हुन पाउँछन् । पत्रकारले आफ्नो पवित्र अखबारमा निष्पक्षता धर्म सर्वोपरी राख्नुपर्छ । अस्पतालमा डाक्टठरले राजनैतिक धार छुट्याएर रोगी हेर्न थाल्यो भने रोगीको के हालत हुन्छ ? न्यायधीशले पार्टीका आधारमा नीतिगत न्याय गर्न थाले समाजमा विखण्डन आउँछ । नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीलाई पार्टी नसीह तगर्ने कुरा टापा मार्फत आएको थियो । प्रेस चौतीरीकै सदस्य ईन्द्रसिह राजवंशी, मुक्ति पौडेल र कोषाध्यक्ष लक्ष्मी उप्रेतीका नाउँ पनि उछालिएका छन् । चन्द्र भण्डारी माक्र्सवादी चिन्तका प्रखर व्यक्तित्व हुन् । चन्द्र भण्डारीलाई नेकपा एमाले पार्टीले २०५४ सालमा मेचीनगरपालिकाको उपमेयर टिकट दिएको थियो र उनी विजयी पनि भएका थिए । त्यही बेला उनले त्यो उपमेयर पद स्वीकार गर्नु हुने थिएन । उनको तत्कालिन राजनीतिक उचाई अनुसार आफूभन्दा जुनियर कार्यकर्ताको उपमेर हुन समेत तयार भएर भण्डारीले पद र प्रतिष्ठानभन्दा पार्टीले दिएको जिम्मेवारी र अनुशासन नै महत्वपूर्ण हो भन्ने उदाहरण त्यागद्धारा प्रस्तुत गरिसकेका छन् । 
मेचीनगर नगरपालिकाभित्र माक्र्सवादी चिन्तनका मानिसमात्र नभएर फ्रायडबादी, राजावादी, निरंकुशवादी, विखण्डनवादी, उग्रवामपन्थी विचारका जनता थिए र जन् । भण्डारीले युगज्ञान साप्ताहिकबाट पत्रकारिता यात्रा शुभारम्भ गरेका थिए । नेपाल पत्रकार महासंघको केन्द्रिय महासचिव समेत भइसकेको भण्डारी हाल कञ्चनजंघा एफएमका प्रबन्धक निर्देशक छन् । चन्द्र भण्डारीले राजनैतिक यात्रा रोजेको भए उनी पनि झण्डा हल्लाएर गाडी गुडाउने खुवीका व्यक्ति हुन् । जितु गौतम मन्त्री हुन सक्छन् भने चन्द्र भण्डारी उनीभन्दा दिमागी हैसियत भएका व्यक्ति हुन् । जुनबेला चन्द्र भण्डारी अखिलको केन्द्रीय अध्यक्ष थिए, त्यसबेला एमालेका पूर्व महासचिव तथा पूर्व प्रधानमन्त्री माधद नेपालहरु नेपाल बैंकभित्र धरौटी राख्न ल्याएका सूनलाई कसी लगाएर सून हो कि पित्तल छुट्याउन व्यस्त थिए । सञ्चारमन्त्री भइसकेका शंकर पोखरेललाई अखिलको सदस्यता दिने भण्डारीमाथि अनुशासनको कारबाही सिफारिस गर्ने गोपाल गड्तौला र मनकुमार गदालहरुको राजनीतिक उचाई र हैसियत के ?

सञ्चारमन्त्री भइसकेका शंकर पोखरेललाई अखिलको सदस्यता दिने भण्डारीमाथि अनुशासनको कारबाही सिफारिस गर्ने गोपाल गड्तौला र मनकुमार गदालहरुको राजनीतिक उचाई र हैसियत के ? 

पञ्चायती निरंकुशताका विरुद्ध जीवन हत्केलामा राखेर भूमीगत राजनीति गर्दै जनसंगीतको झंकारद्धारा मुक्तिका लागि जनचेतना फैलाउँदै देशका कुनाकाप्चामा दौडिरहने भण्डारीलाई अनुशासनको पाठ सिकाउने गड्तौलाजीहरुले नेपाली कम्युनिक्ष्ट आन्दोलन वा लोकतान्त्तिक आन्दोलनमा के कस्तो योगदान पु¥याएका छन् ? त्यो त मलाई थाहा भएन । तर, एउटा जन्मजात कम्युनिष्ट जो कहिल्यै सिद्धान्तका खातिर कसैसँग सम्झौता गरेन त्यस्तो व्यक्तिलाई कारबाहीको सिफारिस गर्नेहरुको राजनीतिक र बौद्धिक हैसियत देखेर मलाई दिक्क लागेको छ । 
युवा नेता चन्द्र भण्डारीले पत्रकारिता धर्म किन ग्रहण गरे ? प्रसिद्ध हुन, झापा प्रथम हुन, अथाव केही नलागेर सजिलो पेशा नाम हुने दाम पनि आउने सम्मान पनि पाउने, भनी रोजे त्यो गौण छ । चन्द्र भण्डारी रिसदेखि एक कोस टाढा बस्ने, साथी भाईमा गरिब भन्दा गरिब र धनी भन्दा धनाढ्य व्यक्तिसँग भाईचारा समानान्तर सम्वन्ध विकास गर्न सक्ने व्यक्ति हुन् ।
 झापामा कञ्चनजंघा एफएम निरन्तर रुपमा चलाएर आफ्नो नीजि भवन ठड्याउनुमा उनको ठूलो श्रेय छ । प्रेस चौतारीका मित्रहरुले भर्खर चुनाव सम्पन्न भएको कुरालाई लिएर एक–दुईजना प्रेस चौतारीको सूचीमा नभएका व्यक्रि पार्षदमा चुनाव जितेको विषयलाई लिएर आन्तरिक कारवाहीको लाजमर्दो नाटक सुरु गरेको छ । माक्र्सवाद सूचीमा फ्रायडबाट अथवा अन्यवाद समावेश भएका छन् । नेपाल पत्रकार महासंघ चुनावमा प्रेस चौतारी, जनजाति, क्रान्तिकारीहरुले नेपाल पत्रकार महासंघमा पूरै सिट लाल किल्ला गर्ने सोच राखेका थिए, त्यो भत्किएको चोट चन्द्र भण्डारी अथवा उहाँका समकक्षीले नसिहत सूची पाएका छन् । यो कुनै पाटी विशेषको चुनाव थिएन । बुद्धिजीवहरुले पनि प्रतिनीधि पात्र पत्रकारहरुको चुनाव थियो । चुनावमा आफूले राजेको उम्मेद्वारर्ला छान्न पाउने अधिकार प्रयोग गरेवापत कारबाहीको डङ्का पिटाउनुले चौतारीको संगठन बालुवाको बाँध जस्तै हुने देखिन्छ । त्यसमाथि पनि चौतारीसँग साइनो सम्वन्धै नभएका भण्डारीलाई कारवाहीको सिफारिस गर्नु त झन् हास्यास्पद कुरा हो । 
नसिहत सूची पाएकामध्ध्ै एक जना प्रेस चौतारीका केन्द्रीय सदस्यले नैतिकताका आधारमा ‘म अबदेखि स्वतन्त्त भएको’ घोषणा विज्ञप्तीमार्फत सार्वजनिक गरे भने अन्य तीन जना पत्रकारले पत्रकारितालाई पेशा बनाएर पार्टी राजनीतिमा नमुछिने तथा स्वतन्त्र पत्रकारितालाई निरन्तरता दिने घोषणा गरे । 
विधिको शासन कार्यान्वयन कागजमा सिमित । सर्वोच्च अदालतले जारी सिन्डिकेट प्रथा अन्त्य कायम अथवा लागु हुन सकेन । सर्वोच्च अदालबाट सक्कल उपाधि फिर्ता गर्ने चलन बढेको छ । गणेशमान सिंह जस्ता नेताले ‘नेशन अफ फादर’ राष्ट्रपिताको उपाधि फिर्ता दिए भने चन्द्र भण्डारी जस्तो युवा नेताले आफ्नो अथवा पार्टी एउटा गुटसमक्ष घुँडा टेक्छन वा के गर्छन त्यो उनको व्यक्तिगत मामला हो । समाजमा साधारण भन्द साधारण व्यक्ति आफ्नो मान–सम्मानका अगाडि सम्झौता गर्दैन भन्ने किम्वदन्ती छ । 
नेपाल पत्रकार महासंघ सबैखाले विचार ओगटेको छाता संगठन हो । छाता भित्र ओत लाग्न सकिन्छ त्यही ओतभित्र स्वतन्त्त निष्पक्षता त्यागेमा छाताको के अर्थ लाग्छ ? छाताभित्र आ–आफ्नो छहारी छँदैछ । अग्रज पत्रका शव्द राखे त्यही अग्रजलाई भकुण्डो खेलाउने, समाजमा सवैखाले प्रस्तुतिको व्यवस्थापन गर्नुपर्छ । दुई दशक पहिला सवै विचारका व्यक्तिलाई पत्रकार महासंघ समावेश गर्ने चलन थियो , त्यसबेला बयोवृद्ध एसएल शर्मादेखि माधव विद्रोहीसम्मलाई नेपाल पत्रकार महासंघमा समीकरण गरिएको थियो । आजभोली अग्रजको नाऊँ लिन नचाहने को हो ? त्यो के लेख्छ ? कहाँको पत्रकार यस्ता प्रश्न ठडिएको सुनिन्छ । काँचो काँचो नै हुन्छ , पाकेको खारिएको हुन्छ तसर्थ काँचो पाको खारिएको समावेद हुँद मात्र बज हुन्छ । कलियुगमा ‘मै खाऊँ मै लाऊ, मै सुख सयल वा मोज गरु’ नीति हुन्छ । त्यही बमोजिम समाजमा निरन्तरता चल्दै गएका बाटो बिरानो हुनसक्छ, चन्द्र भण्डारी बीस÷पच्चीस वर्ष पाकिएको अनुभवि पत्रकारलार्य नसिहतका कुरा सुन्दा अलिक दिमागका तार खल्बलिएला ! मलार्य लाग्छ, भण्डारी यस्ता धुस्ना–भुसुना कुराका पछि ध्यान दिएर हिड्ने मान्छे होइनन् र चौताराको कारवाही नाटकको पनि कुनै तुक छैन । नेपाल पत्रकार महासंघमा यसपाली चुनाव सोच बाहिरका व्यक्ति आएकाले अथवा ल्याइएका अथवा अग्रज नाताले फ्रायडवादी चिन्तन पत्रकार भएकाले भण्डारीलाई चौतारीले चौतारामा उभ्याउने प्रयास गरे जस्तो लाग्छ । नेपाल पत्रकार महासं)घ विभिन्न जात जाति, धर्म राजनीति सोच अटाउने छाता संगठन याद भएर पनि विप्ल्याटे बाटो हिड्दा चौतारीमा अझै पहिलो जान सक्ने सम्भावना देखिरहेको छु । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...