सडक दुर्घटनामा राई घाईते


जगदिश चौहान झिलझिले १७ फागुन
       सोमबार विहान करिब ९ः३० बजे मोटर साईकलले वाटो काट्ने क्रममा तोपगाछी – ५ का ५४ वर्षिया माङ्मा राईलाई ठक्कर दिदाँ उनलाई उपचारको क्रममा नोबेल अस्पताल पु¥याइएको छ ।
       पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे २ प २३२ नं. को सुपर स्पलेन्डर मोटर साईकलले पुर्वपश्चिम सडक खण्डको झिलझिले चौकमा सो दुर्घटना भएको हो ।
       घाईतेको  अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ भने मोटरसाईकल चालक अर्जुनधारा – ६ निवासी राजेन्द« पोखरेल स्वंयमले एम्बुलेन्समा राखी नोवेल अस्पताल पु¥याएको हुन् । मोटर साईकल हाल इ. प्र. का. झिलझिलेको नियन्त्रणमा रहेको इ. प्र. का. ले जनायो । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...