सतासीधाममा भव्यतापूर्वक शिवरात्री मनाइने


झापाको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा पर्यटन वर्षको अवसर पारेर आउँदो फागुन १८ गते वुधवार मनाइने शिवरात्री भव्य रुपमा मनाइने भएको छ ।
सताक्षीधाम मनिदर विकास समितिले पर्यटन वर्षमा अत्याधिक मानिस भित्र्याउन सो दिन २४ घण्टा नै भजन किर्तन एवम अखण्ड किर्तन कार्यक्रम तय गरेको अध्यक्ष प्रसाद सुव्बाले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न स्थानवाट पाल्नुभएको किर्तन मण्डली र भक्तजनहरु आउने भएका छन् । सो कार्यक्रममा भक्तजन, किर्तन मण्डली लगायत सम्पूर्ण मानिसहरुलाई आव्हान गरिएको छ । @ purbeli times

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...