प्रकाश उप्रेती
चारआली/ झापाको शहरेडाँगीमा सञ्चालित नकआउट फुटवाल प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा चितवन विजयी भएको छ ।
प्रथम डिभिजन चुलाचुली र न्यू पंचदिप यूवा क्लब चितवनबीचको फाइनल खेलमा चुलाचुलीलाई पाखा लगाउदै न्यू पंचदिप युवा क्लब विजयी भएको हो ।
७ जिल्लाका १३ टिमले प्रतिस्पर्धा जनाइसकेको उक्त भलिवल प्रतियोगिताको अन्तिम खेलको वेष्ट अफ ४ खेलमा चितवनले ३ खेलमा आफ्नो स्थान कायम राख्न सफल भएको थियो ।
खेलमा चितवनले २५—१८, २५—१३, र २५—१९ अंकले जितेको थियो भने उपविजेता टिम चुलाचुलीले २६—२४ अंकले वेष्ट अफ पाचैको खेल जितेको थियो ।
विजयी टिमलाई ३१ हजार नगद, ट्रफि र प्रमाणपत्र र उपविजेता टिम चुलाचुलीलाई १५ हजार नगद ट्रफि र प्रमाणपत्रद्धारा समापन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष कुमार ओझाले पुरस्कृत गर्नुभएको थियो । सुरुदेखिको उक्त भलिवल खेलमा फेयर प्लेको उपाधी आयोजक टिमले हात पार्न सफल भएको छ ।
त्यस्तैगरी वेष्ट स्टाइकर जनमुक्ति प्रथम डिभिजनका राजु श्रेष्ठले, र चितुवनका टिमबाट वेष्ट अफ डिफ्रेन्समा राजन लिम्बु, वेष्ट अफ लिफ्टरमा शिवलाल चौधरी, तथा मेन अफ दि टुनामेन सरोज महत्तोले १ हजार नगद राशीबाट सम्मानित भएका थिए ।
खेलको समापनको अवसर पारेर धाइजन शहरेडागी यूवा परिवारले विभिन्न क्षेत्रमा त्रिलयाशिल ५ दर्जनबढी व्यक्ति तथा संघसस्थालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा झापाको सञ्चालित छापा तथा विधुत्तीय संचारगृह लाई सम्मन गरेको थियो । साथै कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, विशेष अतिथि पूर्वका डिआइजी जिवनकुमार थापा, राष्ट्रिय नायक दिलीप रायमाझी, विलसनविक्रम राई, छमछमी नृत्यमा पहिले हुन सफल झापाकी अनुजा अग्रवाल, तेश्रो हुने मञ्जु मगर र टप सातौ हुने बिक्रम विक, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरजन राजवंशी
साथै स्यानीय क्षेत्रमा तीन दर्जनबढी खेलमा सहयोग गर्ने तथा समाजसेवीलाई दोसल्ला तथा प्रमाणपत्रद्धारा सम्मान गरेको थियो ।
कार्यक्रममा विभिन्न जातिका झाँकी, नृत्य, कराँते, डोजोको प्रर्दशनी, तथा राष्ट्रिय कलाकारलाई दोसल्ला तथा प्रमाणपत्रद्धारा सम्मन गरिएको उक्त कार्यक्रमको सभापतित्व आयोजक समितिका अध्यक्ष कालु मेचेले गरेको थिए ।
![]() | |
| विजेता टिम उपाधीसाथ । तस्विर प्रकाश उप्रेती |
![]() | |
| फाईनलमा समापन हुनुअगाडी भएको साँस्कृतिक कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउँदै नायक विल्सन विक्रम राई (चश्मा) र छमछमी विजेता अनुजा अग्रवाल (कालो पेन्टमा) |




No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...