आगामी दुईबर्षे कार्यकालका लागि काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितीको शनिबार सम्पन्न निर्वाचनमा लेखा समिती संयोजक सहित सबै पदाधिकारी र कार्य समितीका सदस्यहरुमा एमाले समर्थक उमेद्धवारहरु बिजय भएकाछन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार लेखा समितीको संयोजकमा खेमराज पोखरेल राजुले १२५ मत प्रप्त गरि बिजय भएकाछन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका गंगाप्रसाद कोईरालले ७४ मत ल्याएका थिए । यसैगरि समितीका सदस्यहरुमा तुलसीप्रसाद ढुङ्गाना, ११६ तथा सगीता प्रसाई पराजुली ले १०८ मत प्राप्त गरी बिजय भएका थिए ।
कार्य समिती सदस्यहरुमा आङ्गछेवाङ्ग शेर्पा ११४, देबिप्रसाद सुबेदी १२९ श्रीप्रसाद उप्रेती १०७ र रमेश खतिवडा ९८ मत ल्याएर बिजय भएका हुन । यसैगरि महिला सदस्यहरुमा बबिता पौडेल १०७ र लीला बिष्ट १११ मत हासील गरि बिजय भएका छन् । कुल सभासद २२२ मध्ये २२१ जनाले मात्र मतदान गरेका थिए । झरेको मतको १० प्रतिशत रद्ध भएको समितीले जनााएको छ । यो समाचार तयारपारुन्जेल सम्म अध्यक्ष , उपाध्यक्ष, सचिब सह सचिब र कोषाध्यक्ष पदको मतगणना जारी रहेको थियो । कुल २०९० मतदाता रहे पनि यी पदाधिकारीहरुलाई १४१५ जनाले मात्र मतदान गरेका थिए ।
बिहान आठबजे देखि शुरु भएको मतदान कार्य अपरान्ह ३ बजे सम्पन्न भएको निर्वाचन समितीले जनाएको छ । १४ पदका लागि २९ जना प्रत्याशिहरु चुनावी मैदानमा ओर्लिएका थिए । एमाले तथा एकिकृत माओबादी र नेपाली काँग्रेसको गठबन्धनका उमेद्धार बीच प्रतिस्पर्धा भएको थियो भने उपाध्यक्षमा नेकपा मालेका तर्फबाट गणेश पोखरेलले उमेद्धवारीदिनु भएको थियो ।
विस्तृत अपडेट केहीवेरमा अनलाईन हेर्दै गर्नुहोला ।



No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...