खनाल र ओली पक्षबीच कुटाकुट


समुन्द्र पौडेल, तनहुँ, माघ २२- एमाले पार्टी कार्यालय तनहुँमा शनिबार खनाल र ओली पक्षबीच कुटाकुट भएको छ। शुक्रबार दमौलीमा सम्पन्न जातीय मुक्ति समाज तनहुँको पाँचौ जिल्ला सम्मेलनमा युवा सङ्घका नेतालाई बोल्न नदिएको भन्दै ओली पक्षधरमाथि खनाल पक्षधरले कुटपिट गरेका थिए।ओली पक्षका जिल्ला अध्यक्ष केदार सिग्देल, उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नगर कमिटी अध्यक्ष प्रदीप अधिकारीलगायतका कार्यकर्तामाथि खनाल पक्षधर युवा सङ्घका कार्यकर्ताले पार्टी कार्यालय परिसरमै कुटपिट गरेका हुन्। 
खनाल पक्षधर युवा सङ्घका कार्यकर्तालाई कारबाही गर्न ओली पक्षधर पार्टी जिल्ला नेतृत्वले पार्टी कार्यालयमा आयोजित सचिवालय समितिको बैठकबाट निर्णय गरेपछि विवाद पुनः उत्पन्न भएको हो। पार्टी नेतृत्व र युवा सङ्घबीचको आन्तरिक विवादमा जिल्ला उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवा सङ्घका कार्यकर्तालाई पक्राउ गर्न प्रहरी बोलाएको युवा सङ्घका अध्यक्ष ऋषि भुसालले बताए।

अहिले पनि एमाले पार्टी कार्यालयमा दुई पक्षधर कार्यकर्ताबीच तीब्र विवाद चलिरहेको छ। 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...