मोतिराम पत्रकारिता पुरस्कार माधव विद्रोहीलाई


नेपाल पत्रकार महासंघ झापा शाखाले प्रदान गर्दै आएको मोतिराम पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार माधव विद्रोहीलाई प्रदान गरिएको छ ।
शुक्रबार झापाको बिर्तामोडमा नेपाल पत्रकार महासंघ झापाको पदहस्तारण कार्यक्रमको अवसर पारेर विद्रोहीलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पूर्वाञ्चल संयोजक किशोर कार्कीले प्रदान गर्नु भएको थियो । सो पु्स्कार को राशी १५ हजार रहेको छ ।
त्यस्तैगरि युवा तथा कृयाशिल पत्रकारलाई प्रदान गरिदै आएको केटो पत्रकारिता पुरस्कार पत्रकार यादव पौडेललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशी ५ हजार १ रुपैया रहेको छ ।
कार्यक्रममा शाखाको गत फागुन १ गते सम्पन्न नवौं साधारणसभा बाट निर्वाचित समितिका अध्यक्ष गणेश पोखरेललाई शाखाका अध्यक्ष मोहनकाजीले पद हस्तातरण गर्नुभएको थियो । भने प्रमुख अतिथि बाट नवनिर्वाचित समिति सदस्य तथा केन्द्रिय प्रतिनिधीहरुलाई प्रमाण पत्र पनि बितरण गरिएको थियो ।

गत फागुन १ गते शाखाको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनबाट पोखरेलको अध्यक्षतामा १५ सदस्यि कार्यसमिति चयन भएको थियो । समितिको उपाध्यक्षमा तिर्थ सिग्देल, सचिवमा दिपेन बाला राई, सह सचिवमा एकराज गिरी र कोषध्यक्षमा बिशाल नेम्बाङ निर्वाचित हुन भएको थियो ।
त्यस्तै गरि सदस्यहरुमा केशव भट्टराई, राजु अधिकारी, सुव्रत न्यौपाने, अनिल ढुंगाना, झुलन रेग्मी, बिष्णु पोखरेल, निर्मला तिम्सिना, पर्वत पोर्तेल, पार्थ मण्डल र अर्जुन राजवंशी निर्वाचित हुन भएको थियो । त्यस्तै गरी केन्द्रिय प्रतिनिधिमा २३ जना निर्वाचित भएका थिए ।
कार्यक्रमा प्रमुख अतिथि कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठ, स्थानिय बिकास अधिकारी जीवन प्रकाश सिटौला, नेकपा एमालेका झापा जिल्ला अध्यक्ष रविन कोईराला, एकिकृत माओवादीका झापा जिल्ला सहइन्चार्ज पुरुषोत्तम चुडाल, नेपाली कांग्रेसका सचिव दयाराम गोस्वमी, निर्माण व्यावसायी संघका झापा जिल्ला अध्यक्ष गणेश बस्नेत लगायतले बोल्नु भएको थियो । @ Purbeli Times


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...