प्रमुखको राजीनामापछि क्याम्पस खुल्यो


महेन्द्र रत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसहित दुई साहयक क्याम्पस प्रमुखले राजीनामा दिएका छन् । करार शिक्षक नियुक्ति विवादले क्याम्पस प्रमुख लुंगेली राजीनामा दिन बाध्य भएका हुन् । विद्यार्थीहरूले क्याम्पस प्रमुखको राजीनामा माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका थिए । गएको पुस ७ गतेदेखि क्याम्पसमा तालाबन्दी जारी थियो । 
करार शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै संघीय लिम्बूवान राज्य परिषद्ले तालाबन्दी गरेको थियो । दुई सातापछि परिषद्ले तालाबन्दी खोले पनि नेविसंघ र अखिल क्रान्तिकारीले पुनः तालाबन्दी गर्दै आन्दोलन चर्काएका थिए । 
क्याम्पसको शैक्षिक वातावरण बिगारेको आरोपमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले लुंगेलीको राजीनामा माग गरेका थिए । लामो आन्दोलनपछि प्रमुख लुंगेलीले बिहीबार राजीनाम दिएका हुन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि अहिलेसम्म क्याम्पसको शैक्षिक वातावरण तनावग्रस्त बन्दै आएको थियो । 
प्रमुख लुंगेलीले जारी गरेको विज्ञप्तिमा शैक्षिक वातावरण बिगार्नमा राजनीतिक हस्तक्षेप जिम्मेवार रहेको आरोप लगाएका छन् । 
प्रमुख लुंगेलीले  ज्ञानको पवित्र मन्दिर क्याम्पसमा राजनीतिक दलहरूले विद्यार्थी संगठन उचाली ठाडो हस्तक्षेप गरेको विरुद्ध राजीनाम दिएको जनाएका छन् ।
प्रमुखसँगै साहयक क्याम्पस प्रमुख केशवप्रसाद खरेल र पुष्पकुमार ढुंगानाले पनि पदबाट राजीनामा दिएका छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...