बहराइन र लिबियामा नेपाली कामदार पठाउन रोक


वैदेशिक रोजगारीका आकर्र्षक गन्तव्य मुलुक बहराइन र लिबियामा आन्दोलन चर्किंदै गएपछि सरकारले कामदार पठाउन रोक लगाएको छ । बहराइनमा २५ हजार नेपाली कामदार श्रम स्वीकृति लिएर गएका छन् । गैरकानुनी ढङ्गले गएका समेत गरी करिब ४० हजार नेपाली त्यहाँ रहेको अनुमान छ । लिबियामा तीन हजारभन्दा बढी नेपाली कार्यरत् छन् ।
सुरक्षाका लागि कामदार पठाउन रोक लगाइएको वैदेशिक रोजगार विभागका निर्देशक काशीनाथ मरासिनीले बताए । बहराइनको राजधानी मनामामा सोमबारदेखि बहुसङ्ख्यक सिया समुदायले सुन्नी मुस्लिम राजपरिवारविरुद्ध आन्दोलन गर्दै आएका छन् । प्रदर्शनकारीहरु राजनीतिक निकासका साथै राजतन्त्र अन्त्यको माग राख्दै आन्दोलनमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजनीतिक बन्दीको रिहाइ, रोजगारी सिर्जना तथा जनताद्वारा लिखित संविधानको माग पूरा नभएसम्म आन्दोलन जारी रहने प्रदर्शनकारीहरुले बताएका छन् ।
लिबियामा पनि प्रजातन्त्रको माग गर्दै सैनिक शासनविरुद्ध जनता सडकमा उत्रिएका छन् । त्यहाँको आन्दोलन र नेपाली कामदारको अवस्थाबारे जानकारी लिन श्रम तथा यातायात व्यवस्था मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको निर्देशक मरासिनीले बताए । नेपाली जोखिममा परे उद्धारको व्यवस्था मिलाउन परराष्ट्रमार्पmत् सम्बन्धित मुलुकका दूतावासमा आग्रह गरिएको छ । ‘आन्दोलन नरोकिएसम्मका लागि कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति बन्द गरिएको हो’, उनले भने ।
वैदेशिक रोजगार व्यवसायी संघले पनि बहराइन र लिबियामा आन्दोलन बढ्दै गएपछि तत्कालका लाग कामदार नपठाउन आग्रह गरेको थियो । बहराइनको राजधानी मनामामा नेपाली धेरै रहेकाले हडतालको समयमा बाहिर ननिस्कन संघले अनुरोध गरेको छ ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...