विर्तामोड ९, फागुन
प्रेस चौतारी नेपाल झापामा आबद्ध तीन पत्रकारले आइतबार राजिनामा दिएका छन् ।
संघठनले गरेको निणर्यका कारण आफु संघठनमा रहिरहनु अवश्यक नभएको भन्दै तीन जनाले राजिनामा दिएको बताइएको छ । पूर्व केन्दीय सदस्य इन्द्रसिह राजवंशी, चौतारीका कोषध्यक्ष लक्ष्मी उप्रेती र सदस्य मूक्ति पौडयालले सगठनले नबुझि कारवार्ही गरेकाले राजिनामा दिएको जनाएका छन् ।
संगठनले गत फागुन १ गते महासघं झापाको निवार्चनमा संगठनले गरेको निर्णय विपरित आफ्नै संगठनबाट उठेका उमेद्वारीको विरुद्ध भुमिका निर्वाह गरेको भन्दै बताएको छ ।
गत शुक्रबार बसेको प्रेस चौतारीको बैठकले पूर्व केन्द्रीय सदस्य सहित ५ जनालाई कारवार्हि कारवाही स्वारुप १५ दिन भित्रमा आफ्नो जाहेरी दिन आग्रह गर्दै सार्वजानिक गरेको थियो ।
बैठकले सदस्य डिकेश लामा, त्यसैगरि एमाले केन्द्रिय प्रचार विभागका सदस्य चन्द्र भण्डारीलाई पार्टीको सदस्य समेत नरहने गरी केन्द्रमा सिफरीस गरि कारवाही गरेको थियो । भण्डारी कञ्चनजघा एफएमका प्रबन्ध निर्देशक हुन् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...