सुनसरी, माघ २३ - युथफोर्स सुनसरी क्षेत्र नम्बर २ का सभापति रुपेश बजगाईले इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेललाई शनिबार राति कुटपीट गरेका छन् । इटहरी जुट विकास टोलमा बसिरहेको बेला बजगाई नेतृत्वमा गएको युवाहरुको समूहले सभापति पौडेललाई ३ झापड हिर्काएका थिए ।
बजगाई दुई महिनाअघि कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । पुरानो रिसइबीका कारण बजगाईले पौडेललाई झापड हिर्काएको अनुमान गरिएकोछ । सभापति पौडेलले आफुउपर भएको कुटपीट नियोजित भएको बताएका छन । इटहरी नगरपालिकामा भएको लाखौंको अनियमिततावारे आफुले आवाज उठाएकै कारण एमालेको निर्देशनमा हातपात भएको पौडेलले जानकारी दिए ।
बजगाईले भने कांग्रेस त्याग गरेपछि पौडेलले जथाभावी बोल्दै हिडेकाले रिस थाम्न नसकी कुटपीट गरेको बताए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...