रामेछापमा जन्मेको एउटा रहरलाग्दो छाउरोले राजधानी भित्रिएपछि जापानी मालिकबाट टासी नाम पायो। ललितपुरको पाटनढोका टोलमा हुर्कंदै फुर्तीसाथ सडक, गल्ली र छरछिमेक चहार्ने गरेको उसको बिहारीकृष्ण श्रेष्ठको कम्पाउण्डमा बस्ने फ्याउरीसँग दिल बस्यो। टासी र फ्याउरी संसार बिर्सेर खेल्थे, कुद्थे र कोही कोही वेला अरू कुकुरहरूलाई परपरसम्म लखेट्थे। तर, उनीहरूको यस्तो खुसहाल जीवन धेरै दिन चलेन।
![]() |
तर, त्यसको तीन महिनापछि बिहारीकृष्ण श्रेष्ठले जे देखे, बडो अविश्वसनीय थियो। सुकेर सिट्ठो भएको टासी एक मुठी प्राण लिएर खल्च्याङ-खल्च्याङ गर्दै उनको गेटमा आइपुग्यो। फ्याउरीले चुईंचुईं गर्दै, सुँघ्दै, छुँदै र फुर्किंदै उसलाई स्वागत गरी। यत्रो शहरमा टासी र फ्याउरीको अपूर्व मिलन देखेर श्रेष्ठले असिम आनन्दको अनुभूति गरे। “फ्याउरीकै प्रेमले टासीलाई मेरो घरसम्म फर्काएकोमा शङ्का छैन, तर विचरोले भोकै तिर्खै अनेकन भीर, पाखा, वन, नदीनाला र गाउँ-शहर कसरी छिचोल्यो होला, ताज्जुब लाग्छ!” उनी भन्छन्।
![]() नील दीक्षित फ्याउरी र टासी जोडीका साथ बिहारीकृष्ण श्रेष्ठ। |
![]() |
तर, फ्याउरीको प्यार र श्रेष्ठ परिवारको हेरविचारबाट टासी चाँडै नै स्वस्थ, सुन्दर र संसारकै सुखी कुकुर बन्यो। दुर्भाग्यवश न जीवन सधैँ एउटै दिशामा चल्छ, न खुशीको आयु नै लामो हुन्छ। टासी फर्केको एक वर्ष पनि भएको थिएन, फ्याउरी बिरामी परी। सधैं झ्ैं बाहिर डुलेर फर्कंदा फ्याउरीले सम्भवतः कुनै विषालु चिज खाएर आएकी थिई। “उपचार गर्ने मौका समेत पाइएन, हेर्दाहेर्दै मरिहाली”, श्रेष्ठ सम्झ्न्छन्।
यस्तो कठोरता र वियोगको सामना गर्नुपरेको टासीले पनि संसारमा कुनै कुरा स्थायी हुँदैनन् भनेर शायद बुझयो। अहिले ऊ श्रेष्ठ परिवारसँग एउटा सुवानी, शान्त र मायालु कुकुरको रूपमा जीवनको १२औं वर्ष बिताइरहेको छ।
बुझ्न गाह्रो माया
कुकुर पाल्ने र कुकुरबारे जान्नेबुझनेहरू पनि तिनको असाधारण भक्ति, वफादारी र प्रेमिल व्यवहारबाट आश्चर्यचकित छन्। जस्तो श्रेष्ठ परिवारकै कुरा गरौं, जो अरूले भन्दा भिन्न रूपमा जीवन, प्रेम र सहचार्यको आनन्द अनुभूति गरिरहेका छन्। मानिसहरूले सहअस्तित्वमा आधारित हुनुपर्ने समाजमा पाउन नसकिने साथ कुकुरबाट पाएका छन्। जान साल्टर चुकचुकाउँछन्, “उनीहरू बोल्न पनि सक्ने भइदिएका भए!” यो वर्षको भ्यालेन्टाइन डेमा आ-आफ्ना खास मानिसका साथ प्रेम र सामीप्यको अर्थ लगाउन खोज्नेहरूले टासी र उसको प्रेमलाई सम्झौ आखिर प्रेम र सम्मान चाहिने मानिसलाई मात्र हैन। @ Himalmedia




No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...