सङ्घीय लोकतान्त्रिक मञ्चसम्बद्ध थरुहट स्वायत्त राज्य परिषद्ले आफ्ना चारजना नेतालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ ।
परिषद्ले बिहीबार विज्ञप्ति जारी गरी केन्द्रीय महासचिव चन्द्रनारायण थारु, केन्द्रीय अर्थ विभाग प्रमुख नन्दकुमार थारु, सूचना तथा सञ्चार विभाग प्रमुख भानुराम चौधरी र महिला विभाग प्रमुख गंगा थारुलाई निस्कासन गरेको जनाएको छ ।
परिषद्ले आफ्नो केन्द्रीय महाधिवेशन पनि स्थगित भएको जनाएको छ । फागुन १३ र १४ गते रुपन्देहीमा गर्ने भनिएको महाधिवेशन विशेष परिस्थितिले स्थगन गर्नु परेको विज्ञप्तिमा उल्लेख छ । परिषद्ले सभासद् रुक्मणि चौधरी थारुलाई पनि साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको जनाएको छ ।
केन्द्रीय समितिमा गोपाल दहित, डिल्लीबहादुर चौधरी र कमलनारायण चौधरीलाई मनोनीत गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । परिषद्को नीति, नियम र मर्यादालाई बेवास्ता गरेकाले कार्यवाही गर्नु परेको विज्ञप्तिमा जनाइएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...