पत्रकारलाई मार्ने धम्की, पत्रिका वितरणमा रोक


समाचारको विषयलाई लिएर पत्रिकाले सार्वजनिक माफी माग्नुपर्ने भन्दै मोरङको पथरीमा आइतबार एक समुहले औजार दैनिक पत्रिका वितरणमा रोक लगाएको छ ।
घडेरी प्लटिङगको लागि स्थानीय खोलाबाट अवैध रुपमा गिट्टीबालुवा निकालेको विषयमा पत्रिमा समाचार प्रकाशित भएको थियो । सोही समाचारको विषयलाई लिएर स्थानीय एमाले नेता किशोर राईको निर्देशनमा साजन धिमाल लगायतका युवा समुहले एकाविहानै एक हजार प्रति पत्रिका नियन्त्रणमा लिएको हो । सो समूहले पत्रिकाका स्थानीय संवाददाता अर्जुन जम्नेली राईलाई ज्यान मार्ने धम्कीसमेत दिएको औजार दैनिक पथरी शाखाका व्यावस्थापक विजय खम्बुले जानकारी दिनुभयो ।
उनीहरुले समाचारको विषयमा पत्रिकाले सार्बजनिक माफी नमागे पूर्व क्षेत्रमै पत्रिका वितरणमा रोक लगाउने धम्की दिएका छन् । औजार दैनिक धरानबाट प्रकाशित पूर्वक्षेत्रको ‘क’ वर्गको दैनिक पत्रिका हो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...