आनन्द गौतम
ताप्लेजुङ, फाल्गुन १४ - जिल्लाको लिंखिम गाउँ विकास समिति स्थित सिवा बजारमा आगलागि हुँदा १३ घर जलेर नष्ट भएको छ । शनिबार दिउँसो दुइ बजे भएको आगलागिले सिवा बगरमा रहेका सबै घरहरु जलेका छन् । घरहरु जल्दा एक करोड बढीको क्षति भएको प्रारंभिक अनुमान गरिएको छ ।
दिउसोको समयमा भएकोले मानविय क्षती हुन नपाएको लिंखिमका पूर्व गाविस उपाध्यक्ष दिनेश अधिकारीले बताए । टेकबहादुर सेम्वुको घरबाट सुरु भएको आगलागिको कारण भने खुल्न सकेको छैन । केटाकेटिले आगो खेलाएर क्षती भएको आशंका स्थानीयको छ ।
आगलागिबाट सुकबहादुर काम्बाङ, हेमकुमार लिम्वु, बलबहादुर इजम, अनुज काम्बाङ, पूर्ण काम्बाङ, इक्लोके लिम्वु, मानबहादुर लिम्वु, सन्तोष खवास, थापा अन्तरे, टेकबहादुर सेम्वु, बलबहादुर लिम्वु, मिना तामाङ, सावित्रा लिम्वु र मानवीर तामाङका घर क्षति भएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...