पशुपतिनगर, फागुन १४ । इलामका सचेत युवाले इलाम सदरमुकाममा धूमपानविरुद्धको अभियान सञ्चालन गरिरहेका छन् । युवाको अभियानका कारण इलाम सदरमुकामको नवीन चोक अहिले धूमपान र मध्यपानरहित क्षेत्र भएको छ । युवाले सदरमुकामका विभिन्न टोल र चोकहरूमा सचेतना अभियान चलाउादै व्यापारी र उपभोक्तालाई धूमपान र मध्यपान नगर्न आग्रह गर्दै आएका छन् । युवाले इलाम नगरपालिकाको समन्वयमा नगर क्षेत्रमा राखिएका चुरोट, खैनी र रम, वियरका विज्ञापन लेखिएका होर्डिङबार्डहरू समेत हटाएका छन् ।अहिले इलाम सदरमुकाममा ७५ जना युवाको सहभागी रहेको एउटा समूह नै धूमपान र मध्यपानविरुद्धको अभियानमा रातदिन खटिरहेका छन् । कुलतमा लागेका युवालाई कुलत छोडी सकारात्मक काममा लगाउनका लागि अभियान चलाइएको सुनाउादै अभियानका एक युवा विनोद श्रेष्ठ भन्नु हुन्छ्- 'हामीले पाँच लाखभन्दा बढी इमेल ठेगानामा चुरोट, खैनी र मदिराले मानव स्वास्थ्यमा पर्ने असर र आर्थिक नोक्सानीका बारेमा समेत गराउादै मेल सन्देश पठाएका छौ ।' युवा स्वतः अभियान लिएर नगरको सरसफाई र सचेतनामा जुटेपछि सुर्तीजन्य र मदिराजन्य वस्तुको प्रयोग ठप्प जस्तो भएको बताउादै इलाम सदरमुकामका चिरञ्जिवी श्रेष्ठ भन्नुहुन्छ -'युवाले धूमपान र मध्यपानविरुद्धको अभियानसागै नगर सरसफाई र इलाम नगरपालिकाको प्लास्टिक मुक्त अभियानमा समेत सहयोग गरी रहेका छन् ।' अहिलेसम्ममा अभियानकै कारण सदरमुकाभित्रका २८ स्थानमा राखिएको सुर्ती र मदिराजन्य सामग्रीको विज्ञापन भएको होर्डिङबोर्ड हटाइएको अभियानका संयोजक प्रकाश पोखरेलले बताउनुभयो । सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन नहोस भनेर समूहले बिहीबार र आइतबार हटियाको दिन बजार अनुगमन गर्ने गरेको छ । अनुगमनका क्रममा सुर्तीजन्य सामग्री सेवन गरेको पाए सम्झाई बुझाई गर्नेर् गरेका छन् । समूहले जिल्लाका अधिकांश कार्यालयमा पत्राचार गर्दै 'धूमपान निषेधित क्षेत्र' लेखिएकेा बोर्ड राख्न अनुरोध गरेको छ । हालसम्म केही कर्यालयले मात्र यस्तो बोर्ड राखेकाले सबैलाई राख्न दबाब पुर्याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा गएर उनीहरूले अनुरोध गरेका छन् । इलाम सदरमुकामका युवाले चलाएको अभियानकै सिको गरेर इलामको माइपोखरी, सुलुबुङ, माइमझुवाका युवाले समेत जााड रक्सीविरुद्ध अभियान चलाएका छन् । युवाले गाउाभरको भेला आयोजना गरी मदिरा मुक्त अभियानमा सहयोग गरी दिन समिति समेत बनाएको सुलुबुङका युवा दिनेश सुवेदीले बताउनुभयो । |
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...