मलमुत्र खुवाउने प्रहरी खोरमा


झापा, फाल्गुन १४ 
झापाको पाँचगाछी– ७ मा बोक्सोको आरोपमा मलमुत्र खुवाइएको आरोपमा प्रहरीले स्थानीय धृतलाल राजवंशीलाई पक्राउ गरेको छ । यसैबीच पीडितसँग मानवअधिकारकर्मीको टोलीले घटनाबारे जानकारी लिएको छ ।
नेपाल मानवअधिकार सङ्गठनका केन्द्रीय सदस्य डा केपी सुवेदीको नेतत्वको टोलीले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडकसँग सोधपुछ गरेको छ । गत सोमबार बिहान विश्वडुबा टोलमा बोक्सोको आरोप लगाउँदै स्थानीय नापीलाल राजवंशी, नोनियालाल राजवंशीसहितको समूहले धामीझाँक्रीको काम गर्ने नारायण राजवंशी र वीरबहादुर राजवंशीलाई कुटपिट गरी मलमुत्र खुवाएका थिए ।
पीडित वीरबहादुरले आफूलाई जबर्जस्ती पक्राउ गरी कुटपिट गरी मलमुत्र खुवाएको र आफू घरमा बस्न नसकेको बताए । उनले न्याय दिलाइदिन मानवअधिकारकर्मीसँग आग्रह गरेका छन् । गाउँमा पटकपटक पाँचजना मरेको घटनामा धामीद्वयको हात रहेको भन्दै मलमुत्र खुवाएको पीडितले बताए ।
पीडितले प्रहरीसमक्ष १३ जनाको विरुद्धमा उजुरीसमेत दिएका छन् । इलका प्रहरी कार्यालय झिलझिलेले उजुरी परेको र घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।

मानवाधिकारवादीद्वारा पाँचगाछी घटनाको निन्दा


झापाको पाँचगाछी ७ का नारायाण राजवंशी र बीरवहादर राजवंशीलाई मानव मलमुत्र खुवाएको घटना निन्दनीय भएको जनाउँदै मानवअधिकारवादी संगठनले निन्दा गरेका छन् ।
नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्यद्वय डा. केपी सुवेदी र चित्रबहादुर बस्नेत तथा दमक सभापति देवप्रसाद सुवेदी आज विज्ञप्ती प्रकाशित गरि घटनामा सम्लग्नलाई कार्वाही गर्न माग गर्नुभएको छ ।
विज्ञप्तीमा कपोल्कल्पीत रुपमा बोक्साको आरोप लगाउँदै अमानविय व्यवहार गरिनु लाजमर्दो र अन्धविश्वास भएको उल्लेख छ ।



No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...