नेपाली काङ्ग्रेससहितका १३ दलले गत सोमबार इटहरी नगरपालिकाका इञ्जिनियर अर्जुन दाहालको कार्यकक्षमा गरेको तालाबन्दीविरुद्ध पूर्वका १४ नगरपालिकामा शुक्रबारदेखि काम ठप्प पारेको नगरपालिका एशोसिएसनले जनाएको छ ।
| सँधै भिडभाड हुने मेचीनगर नगरपालिकामा हिजो बन्द भएको बेला देखिएको एक दृश्य । तस्विर टोरुप संग्रौला/मेचीनगर अनलाईन |
एशोसिएसनले शुक्रबार विज्ञप्ति जारी गरी इञ्जिनियर दाहालउपर भएको ज्यादती समग्र स्थानीय निकायमाथि भएको ठहर गर्दै एक उपमहानगरपालिकासहित १३ नगरपालिकामा कामकाज ठप्प पारिएको जनाएको छ । दाहालको कार्यकक्षमा लगाइएको तालाबन्दी र उनलाई कार्यालय प्रवेशमा रोक लगाउने निर्णयविरुद्ध नगरपालिका एशोसिएसन अघि सरेको हो । आप्ः्नो आन्दोलनमा अन्य नगरपालिका तथा नगरपालिका सम्बद्ध विभिन्न संगठनले समेत समर्थन गरेको जनाउँदै एशोसिएसनले तालाबन्दी नखोले देशभरका नगरपालिकामा कामकाज ठप्प पार्ने चेतावनी दिएको छ ।
आन्दोलनप्रति इञ्जिनियर एशोसिएसन पूर्वाञ्चलले पनि ऐक्यबद्धता जनाएको छ । इटहरीका दलले दाहालमाथि दुव्र्यवहार गरेको भन्दै एशोसिएसनले विरोध गरेको हो ।
विज्ञप्तिमा गैरराजनीतिक र पेशाकर्मीहरुको स्वतन्त्रतामा असर पार्ने कार्य नगर्न अनुरोध गरिएको छ । वार्ता र सहमतिबाट चाँडो निकास निकाल्न अनुरोध गर्दै एशोसिएसनले दोषीमाथि कारवाही गर्न पनि माग गरेको छ । एशोसिएसनका केन्द्रीय महासचिव ध्रुव थापाद्वारा जारी विज्ञप्तिमा अवाञ्छित समूहबाट कर्मचारीको मनोबल गिराउने काम भएको उल्लेख छ ।
नगरपालिकामा भ्रष्टाचार भएको भन्दै इटहरीका १३ दलले छानविनको लागि समिति गठन गरी कागजपत्र माग गरेपछि कर्मचारीहरुले सो समिति अवैधानिक भएको जिकिर गरेका छन् । उनीहरुले छानविन गर्न नदिने बताउँदै आएका छन् । छानविनको विरोधको क्रममा इञ्जिनियर दाहालले दुव्र्यवहार गरेको भन्दै दलीय संयन्त्रले उनको कार्यकक्षमा ताला लगाएपछि कर्मचारीहरु सेवा बन्द गरी आन्दोलनमा ओर्लिएका हुन् । नागरिक समाज र सर्वपक्षीय संयन्त्रद्वारा गठित छानविन समितिलाई कर्मचारीले असहयोग गरेको दलहरुको आरोप छ ।
इटहरी बसपार्क निर्माण, खानेपानी आयोजना, आइतबारेमा जग्गा बिक्री प्रकरण, विकास–निर्माणका कार्यक्रम सञ्चालन गर्दा अनियमितता भएको आरोप दलहरुको छ । नगर संयन्त्रले नागरिक समाजका अगुवा जगदीश वलीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।
इटहरी नगरपालिकामा चार दिनदेखि कामकाज ठप्प भएपछि हजारौं सेवाग्राही मर्कामा परेका छन् । फोहर संकलन, दमकल सञ्चालनबाहेकका सम्पूर्ण काम ठप्प छ ।
धनकुटामा पनि नेपाल नगरपालिका कर्मचारी एशोसियसनले शुक्रबार दुई घण्टा कामकाज ठप्प पारेको समाचारदाताले जनाएका छन् । With reference to Blast times Daily

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...