'गुराँसको राजधानी' संरक्षण गर्न जुटे जिल्लावासी


सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थलमा पर्ने तीनजुरे, मिल्के, जलजले -टीएमजे) क्षेत्रको संरक्षणमा स्थानीयवासी नै लागिपरेका छन् । विश्वमा लालीगुारासको राजधानी मानिने यस क्षेत्रको संरक्षण गर्न आसपासका गाउालेहरू सक्रिय बनेको स्थानीयवासी छिरिङ लामाले जानकारी दिनुभएको छ ।
नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका लालीगुारास पाइने यस क्षेत्रको संरक्षणमा कुनै निकायले चासो नदिएका कारण दिनानुदिन जीर्ण बन्दै गएको भनी स्थानीय आमा समूह, युवा क्लब र टोल विकास संस्थाको अगुवाइमा कटानी चिरानी बन्द गरिएको छ । पर्यटक आवागमन पहिलेको भन्दा न्यून भएको र जङ्गलमा फुल्ने गुराास फूलको मात्रा घटेको भन्दै कटानी चिरानीमा रोक लगाएर संरक्षण सुरु गरिएको नुनढाकी गुफापोखरीका दुर्गा खनालले जानकारी दिनुभयो । जङ्गलमा लालीगुराासका रूख बाहेक अरू नपाइने र कटानी चिरानी दिनदिनै बढेकाले यस क्षेत्रको अस्तित्व लोप हुन थालेको स्थानीयवासी छिरिङ लामा बताउनुहुन्छ ।
सङ्खुवासभाको मुख्य आन्तरिक र बाहृय पर्यटक क्षेत्रको रूपमा चिनिएको यो क्षेत्रले जिल्लाको आर्थिक स्तर उकास्न ठूलो सहयोग पुर्‍याउादै आएको थियो । तर गत वर्षदेखि पर्यटक आवगमन न्यून बन्दै गएको तथ्याङ्क छ । राष्ट्रिय लालीगुारास संरक्षण व्यवस्थापन समितिले संरक्षणका लागि स्थानीयवासी र सङ्घसंस्थालाई आहृवन गरेका थिए । तेह्रथुमको १०, सङ्खुवासभाको ७ र ताप्लेजुङको ६ वटा गाविसभित्र पर्ने यो क्षेत्र सुरक्षाका लागि तीनै जिल्लावासी लागि परेका छन् । पर्यटन वर्षको अवसर पारेर यस वर्ष लागि गुराास हेर्न मात्र २० हजार पर्यटक भित्र्याउने लक्ष्य स्थानीय सङ्घसंस्थाले राखेको छ ।
जैविक, प्रकिृतिक, सामाजिक, सांस्कृतिक, सौन्दर्यमुखी महìव बोकेको यस क्षेत्रको विकासले आन्तरिक तथा बाहृय पर्यटकको सङ्ख्यामा वृद्धि मात्र नभएर जीवनस्तर माथि उकास्न सहयोग पुग्ने छ । तिनजुरे मिल्के जलजले क्षेत्र ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थल अरुण र तमोर उपत्यकाको जलाधार क्षेत्र रहेको ५ सय ८५ वर्ग किलो मिटर क्षेत्रफल र १७ सयदेखि ५५ सय मिटरसम्मको उचाइमा अवस्थित छ ।
वातावरण संरक्षण ऐन, २०५३ को दफा १० अनुसार सरकारले यो क्षेत्रलाई संरक्षण क्षेत्र घोषणासमेत गरेको छ । जिल्लाको आर्थिक अवस्था सुदृढ बनाउन, विभिन्न प्राकृतिक सौन्दर्यले भरिपूर्ण बनाउन, यो क्षेत्रमा रहेका ताल तलैया, २८ प्रजातिका ढकमक्क फुलेका गुारासको दृष्य देख्न सकिने यस क्षेत्रको मुख्य आर्कषण हो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...