हिजोआज मारिया सारापोभा कोर्टमा त्यति सशक्त देखिन्नन् । एकपछि अर्को चोटको सिकार बन्नुपर्दा उनले धेरै प्रतियोगितामा सहभागितासमेत जनाउन सकेकी छैनन् । तैपनि, ती रुसी सुन्दरी आफ्नो वर्तमान देखेर रुँदिनन् ।
उनलाई प्रायोजन गर्न चाहनेको संख्या भने कमी आएको छैन । हालै मात्र नाइकले सात करोड अमेरिकी डलरमा उनीसँग प्रायोजन अनुबन्धन गरेको थियो । यसले उनलाई सर्वाधिक धनी महिला खेलाडीसमेत बनाएको छ । तैपनि अब उनको भविष्य पूर्व टेनिस स्टार अन्ना कुर्निकोभासँग दाँज्न थालिएको छ ।
उनी एनबिए खेलाडी सासा भुजासिकसँग बिहे गर्ने तरखरमा पनि छिन् । उनलाई प्रख्यातिको शिखरमा उभाइरहन उनको गहिरो सोच, चिटिक्कको खुट्टा र लामो कपालले सधैँ साथ दिइरहनेछ । पेरिसमा चोटका कारण खेल्न नसक्ने भएपछि एक भारतीय समाचार एजेन्सीले उनीसँग कुराकानी गरेको थियो । सो अन्तर्वार्ताको सारांश:
उनलाई प्रायोजन गर्न चाहनेको संख्या भने कमी आएको छैन । हालै मात्र नाइकले सात करोड अमेरिकी डलरमा उनीसँग प्रायोजन अनुबन्धन गरेको थियो । यसले उनलाई सर्वाधिक धनी महिला खेलाडीसमेत बनाएको छ । तैपनि अब उनको भविष्य पूर्व टेनिस स्टार अन्ना कुर्निकोभासँग दाँज्न थालिएको छ ।
उनी एनबिए खेलाडी सासा भुजासिकसँग बिहे गर्ने तरखरमा पनि छिन् । उनलाई प्रख्यातिको शिखरमा उभाइरहन उनको गहिरो सोच, चिटिक्कको खुट्टा र लामो कपालले सधैँ साथ दिइरहनेछ । पेरिसमा चोटका कारण खेल्न नसक्ने भएपछि एक भारतीय समाचार एजेन्सीले उनीसँग कुराकानी गरेको थियो । सो अन्तर्वार्ताको सारांश:
भारतीय टेनिस खेलाडी लियन्डर पेस र महेश भूपति हालै अस्ट्रेलियन ओपनको पुरुष डबल्सको फाइनलसम्म पुगेका थिए, के तिमीले त्यहाँ उनीहरूलाई भेट्यौ ? उनीहरूको खेलबारे तिम्रो के विचार छ ?
दुर्भाग्यवस मैले अस्ट्रेलियामा अरू खेलाडीहरूको खेल त्यति हेर्न पाइनँ, तर मैले सुनेअनुसार उनीहरूको खेल हेर्नलायक थियो । महत्त्वपूर्ण कुरा त उनीहरू १० वर्षपछि एकसाथ खेल्दै थिए तथा उनीहरूको खेल सबैका लागि प्रेरणा हुनसक्छ ।
तिमी राम्री छौ तथा युवा पनि तथा अहिले नै धेरै ठूला ब्रान्डका लागि काम गरिरहेकी छौ । के भविष्यमा एक्टिङ वा मोडलिङ सोचाइ पनि छ ?
मलाई अहिले केही पनि थाहा छैन, म त अहिले टेनिसमा नै ध्यान दिन चाहन्छु । मैले अहिलेसम्म आपै“mसँग पनि यो प्रश्न सोधेकी छैन किनभने अहिले पनि मेरो पहिलो प्राथमिकता टेनिस नै हो तथा म अहिले मात्र २३ वर्षकी भएँ । मेरो टेनिस करियर अझै अगाडि बढ्छ ।
के तिमी कहिल्यै भारत गएकी छौ ? तथा भविष्यमा जाने कुनै योजना छ ?
दुर्भाग्यवस मैले अहिलेसम्म भारत जाने मौका पाएकी छैन, तर कुनै दिन म त्यहाँ पुग्छु भन्ने थाहा छ । मलाई भारत र दक्षिण एसियाको संस्कृति तथा प्राकृतिक सम्पदाको बारेमा रुचि छ ।
के तिमी कुनै भारतीय सेलिब्रेटीको नजिक छौ, जस्तै शाहरुख खान, उनी तिम्रो ट्याग हियोरका सहयात्री एम्बेसेडर पनि हुन् ?
मैले सम्मान गर्ने केही व्यक्तिहरूमध्ये शाहरुख पनि एक हुन् । हामीले ट्याग हियोरका लागि एउटै कार्य गरिरहेका छौँ । तर, मैले अहिलेसम्म उनलाई भेट्ने मौका पाएकी छैन किनभने हामी दुवैको सेड्युल अति टाइट छ । तर, कुनै दिन म उनका साथै उनकी पत्नी गौरीलाई पनि भेट्न जान्छु । गौरी पनि अति आकर्षक सोचकी धनी छिन् भन्ने मैले सुनेकी छु ।
के तिमीले कहिल्यै भारतीय साडी लगाएकी छौ ? अथवा लगाउन चाहन्छौ ?
मेरो विचारमा महिलालाई साडी अति नै सुहाउँछ । मलाई कडा रङको साडी मन पर्छ, सिल्क लगाउने तरिका पनि सिक्न चाहन्छु । मैले अहिलेसम्म साडी लगाउने मौका पाएकी छैन तथा मलाई साडी लगाउने तरिका पनि आउँदैन । तर, मैले कुनै दिन शाहरुख खानकी पत्नीसँग भेटेँ भने उनीसँग साडी लगाउने तरिका पनि सिक्नेछु ।
तिमी अस्ट्रेलियन ओपनमा चौथो चरणमा नै पराजित भयौ । त्यो हारले तिमीमा के प्रभाव पारेको छ ?
त्यो मात्र अर्को हार थियो । टेनिस हार र जितका लागि बनेको हो तैपनि हार्दा दुःख त लाग्छ नै, म फेरि त्यहीँ उभिन चाहन्छु अनि लगातार लड्न चाहन्छु अनि अर्को खेलको तयारी गर्न चाहन्छु । मेरो स्वभाव नै त्यस्तै छ । म आफ्नो टेनिस जीवनको कुनै पनि कुरा कहिल्यै पनि सम्झनामा राख्न चाहन्नँ । म हारबाट त्यति विचलित पनि हुन्नँ ।
नखेलेको वेला तिमी के गर्न रुचाउँछौं ?
त्यस्तो वेला म साथी तथा परिवारका साथ समय बिताउन चाहन्छु, म पुस्तक पनि पढ्छु, एक कप चियाका साथमा । म भ्रमणमा हुन्छु, म शरीरमा टाटु खोपाउन चाहन्छु । सधैँ स्केच बुक आफूसँग राख्छु ।
के तिमीले कहिल्यै बलिउड मुभी/भारतीय फिल्म हेरेकी छौ ?
जब म हवाइजहाजमा हुन्छु, त्यसबेला बलिउड मुभी हेर्छु । मलाई भारतीय चलचित्रमा देखाइने रोमान्स खुब मन पर्छ, तर कुन फिल्म हेरेँ भनेर सम्झन भने सक्दिनँ । मलाई शाहरुख खानको 'माई नेम इज खान' हेर्न मन लागेको छ । त्यो फिल्म हेर्नलायक छ भन्ने सुनेकी छु ।
तिमी युवाहरूको आदर्श पनि हौ, तिमी युवा वा युवा खेलाडीका लागि केही भन्न चाहन्छौ ?
आफ्नो सपनासँग हिँड तथा सपना पूरा गर्न निकै मिहिनेत पनि गर्नुपर्छ । कडा परिश्रमविना सफलता पाइन्छ भन्ने सोच राख्नु मूर्खता मात्रै हो । @ Nayapatrika

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...