ओलीको जीवण मरण तपाईहरुको हातमा


सन्तोष श्रेष्ठ –(सिओल)
दक्षिण कोरियाको कोमामा रहेका झापाका प्रमोद ओली । तस्विर :-मिनप्रकाश उप्रेती /मेचीनगर अनलाईन 
पैसा कमाउने ठुलो सपना बोकेर कोरिया छिरेका प्रमोद चन्द्र ओलीले आएको कहि समय बित्न नपांउदै बिहोस अवस्थामा लामोसमय सम्म हस्पिटलको कोमामा बस्नु पर्ला भनेर कल्पना पनि गरेका थिएनन्, तर आज त्यो नियतीको सिकार भएका छन प्रमोद चन्द्र । 
    कोरिया प्रवेश गरेको चार महिना बित्न नपाउंदै समान्य ज्वरो आएर बेहोस भएका ओली जापानिज ईन्सिफल्लाईटिसका कारण आज ६ महिना बितिसक्ता पनि हस्पिटलकै ओछ्यानमा जिवन र मरण संग लाडाई गरिरहेका छन । लामो समय सम्म हस्पिटलमा राखि रहनु परिरहेको हुदा ओलिको उपचारमा अर्थिक अभाव भएकोले ओली लाई सहयोग गर्न उनका दाजु मोहन ओलीले द. कोरिया लागाएत अन्य मुलुकमा रहेका नेपाली समुदायमा अनुरोध गरेका छन ।
    भाईको उपचारकालागि कोरिया आएका प्रमोदका दाजु मोहन ओलीले भने म अहिले भाईको अवस्थादेखि साह्रै पिंडास् मा छु परिवार आफन्त र शुभचिन्तक हरु भावविहल छन्, हाम्रो आर्थिक अवस्था पनि कमजोर भएको हुदाँ उपचारमा कठिन भईरहेको छ । त्यसैकारणले मेरो भाईको जिवन तापाई हरुको हतमा सुम्पन चाहान्छु ।  तपाईहरुको सहयोग मेरो भाई र परिवारहरुले जिवन परान्त बिर्सने छैनौ भन्दै शब्दका बर्षा सगै उनका आंखाबाट खसेका आंशुका फोहरा सर्टका बाहुलाले पुस्दै मोहनले अगाडि भने म अहिले कोरियामा खाना खाने रकमका अभावका कारणसमेत अभरमा परेको छु । भाईलाई कुर्न आएको काम गर्न नमिल्ने अरु उपाए छैन म के गरौंरु भाईको होस मात्र खुले नेपालमा लगेर उपचार गराउने थिएं । भाई बिरामी छ भनेर सुने देखि नथामिएका आमाका आंखाका आंशुमा केहि कमि आउने थियो होला भाईलाई देखेपछि । यतिमात्र के भन्दै थिए उनिबाट निस्कने बोलिका शब्दहरु रोकिई सकेका रहेछन केवल हुक ,हुक गर्दै आंशु मात्र पुछिरहे ।
    यसै गरि झापा मिलान समाज द.कोरियाले ओलीको सहयोगकोलागी पारदर्शि र सरोकार वालाकै हातमा रकम पर्ने गरि मोहन ओलीले नै उपयोग र्ने एकाउण्ट न. ६२०२०१७७४३७१(620201774371) केई बि (05) बैक ,नाम कृष्ण (Krishna) मा सहयोग रकम जम्मा गरिदिन अनुरोध अर्दै मोहन ओली संग सिधा सम्पर्गका लागि ०१०५७८६८००३ फोन रहेको जानकारि गराएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...