सञ्जीव चापगाई
धुलावारी झापा ।
झापाको धुलावारी स्थित इस्ट होराइजन आवासिय उच्च माविको आयोजनामा आज म्याराथन दौड सम्पन्न भएको छ ।
आज विहान सम्पन्न सो दोडमा व्याइज सिनियर तर्फको उपाधी पुजन उपरकोटीले तथा ग्रल्स सिनियर तर्फको उपाधी प्रतिक्षा शर्माले हात पारेका छन ।
मागुरमाणी स्थित पुरानो खानेपानीको ट्याक्कि देखि विद्यलय सम्मको ६ किलोमिटर दुरी पुरा गर्दै व्यइज सिनियर तर्फ प्रसान्त नेपाल दोस्रो र आदीत्य कार्की तेस्रो भएका छन । त्यस्तै कवि सिरोमणी उच्च मावि देखि विद्यालय सम्मको ५ किलोमिटर दुरी पुरा गर्दै सिनियर गल्र्सतर्फ पार्वता कडरीया दोस्रो र अम्रिता वस्नेत तेस्रो भएका छन ।
पाच किलोमिटरकै दुरी रहेको व्याइज जुनियर तर्फको दौडमा कुमार श्रेष्ठ प्रथम, सुरज राई दोस्रो र नविन प्रसाई तेस्रो भए भने हिमालय विद्यालयदेखि साढे ३ किलोमिटरको दुरी पुरा गर्दै गल्स जुनियर तर्फ मिना वानिया प्रथम, निरुपा गौतम दोस्रो र सोनिका प्रसाई तेस्रो भएका छन ।
प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुले सिनियर तर्फ क्रमस २ हजार,१५ सय र १ हजार तथा जुनियर तर्फ क्रमस १५ सय, १ हजार र ५ सय रुपैया पुरस्कार स्वरुप प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सन्दिप राइले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...